के तपाई आफ्नो यौनाङ्गको सरसफाईमा ख्याल गर्नुहुन्न ? हो भने सावधान !
काठमाडौं, १८ पुस । महिलाहरुमा यौनाङ्ग सम्बन्धी अनेक समस्या हुन्छन् । यद्यपी उनीहरु यसबारे बताउँन लाज मान्छन् । सामान्यत २० बर्ष उमेर पार गरेपछि हरेक महिलाले नियमित यौनाङ्गको जाँच गराउनु आवश्यक हुन्छ ।
उनीहरुमा यौनाङ्गको संक्रमण हुने संभावना अत्याधिक रहन्छ । मासिक स्रावको बेला मात्र होइन, अन्य दिनमा पनि यौनाङ्गको सरसफाई अति आवश्यक हुन्छ । तर, जानेर वा नजानेर असहज मान्छन् । जबकी त्यही समस्याले क्रमस जटिलता ल्याउन सक्छ । उनीहरुले यसतर्फ ख्याल राख्दैनन् ।
नतिजा के हुन्छ भने, यौनाङ्गको संक्रमण । यहि संक्रमणले विभिन्न यौनजन्य रोग निम्त्याउँछ । योनीको सरसफाईमा पनि के गर्ने, कसरी गर्ने, के प्रयोग गर्ने, के नगर्ने भन्ने कुरा जान्नुपर्छ । जथाभावी साबुन प्रयोग गर्ने, जस्तोसुकै कपडा प्रयोग गर्ने बानीले पनि यौनाङ्गको संक्रमण हुन सक्छ । योनीमा एउटा नाजुक पीएच सन्तुलन हुन्छ । गलत साबुन प्रयोग गरियो भने योनीको पीएच सन्तुलन बिग्रिन्छ । यसका साथै अरु थुप्रै कुरा छन्, जसले योनीको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछन् ।
एक अस्वस्थ योनीले प्रजनन तथा कामेच्छालाई प्रभावित पार्न सक्छ । लामो समयसम्म योनीमा तनावले साथीसँगको सम्वन्धलाई पनि प्रभावित पार्छ र आत्मविश्वास कमजोर बनाउँछ । अतः योनीमा कुन-कुन लक्षण देखिए के समस्या हुनसक्छ त ?
पिसाब पोल्नेः
पिसाब फेर्दा जलन हुनु यूरिन इन्फेक्सनको आम लक्षण हो । यूटीआईबाट बच्नका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ ताकि सिस्टमबाट ब्याक्टेरियालाई फ्लस गर्न सकियोस ।
फरक रंगको स्खलनः
असामान्य रंग, जस्तै पहेँलो, हरियो वा सेतो रंगको असामान्य योनी स्राव भएमा चिन्ता लिनुपर्ने विषय हुन्छ ।यसो भएमा चिकित्सकलाई भेट्नैपर्छ ।
असामान्य रक्तस्रावः
महिनावारीका बीचमा कुनै पनि प्रकारको स्पोटिङ वा ब्लीडिङको जाँच गराउनु पर्छ । नियमित रक्तस्राव ग्रिभा क्यान्सरको लक्षण पनि हुन सक्छ । यौन सम्पर्कमा अत्यधिक दुखाई यूटीआई, स्किन इन्फेक्सन, जलन, आदिका कारण यौन सम्पर्कका क्रममा पीडा हुन सक्छ । यो एन्डोमेट्रिओसिसको लक्षण हुन सक्छ ।
सुख्खापनः
महिनावारी सुकेपछि सुख्खापनको समस्या अधिक हुन्छ किनकी यस दौरान एस्ट्रोजेनको लेवल तल र्झछ । यसबाट सेक्सका दौरानमा पनि असुविधा हुन सक्छ ।
छालामा घाउः
लिबिया र योनीको आसपासको छालामा हुने असामान्य घाउमाथि ध्यान राख्नुपर्छ । यो एउटा उपचाररहित एसटीडीको संकेत हुन सक्छ ।
चिलाउनेः
चिलाउनु पनि एक इन्फेक्सन वा एसटीडीको संकेत हुन सक्छ । यसको संभावित कारण यीस्ट इन्फेक्सन हुन सक्छ जुन एन्टिवायोटिक्सको सेवनबाट हुन सक्छ ।
दुर्गन्धः
यदि योनीबाट लगातार अनौठो दुर्गन्ध आइरहेको छ भने सम्झीनुस कि योनीको इन्फेक्सनले गर्दा पनि यस्तो भएको हुन सक्छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












