के तपाई आफ्नो यौनाङ्गको सरसफाईमा ख्याल गर्नुहुन्न ? हो भने सावधान !
काठमाडौं, १८ पुस । महिलाहरुमा यौनाङ्ग सम्बन्धी अनेक समस्या हुन्छन् । यद्यपी उनीहरु यसबारे बताउँन लाज मान्छन् । सामान्यत २० बर्ष उमेर पार गरेपछि हरेक महिलाले नियमित यौनाङ्गको जाँच गराउनु आवश्यक हुन्छ ।
उनीहरुमा यौनाङ्गको संक्रमण हुने संभावना अत्याधिक रहन्छ । मासिक स्रावको बेला मात्र होइन, अन्य दिनमा पनि यौनाङ्गको सरसफाई अति आवश्यक हुन्छ । तर, जानेर वा नजानेर असहज मान्छन् । जबकी त्यही समस्याले क्रमस जटिलता ल्याउन सक्छ । उनीहरुले यसतर्फ ख्याल राख्दैनन् ।
नतिजा के हुन्छ भने, यौनाङ्गको संक्रमण । यहि संक्रमणले विभिन्न यौनजन्य रोग निम्त्याउँछ । योनीको सरसफाईमा पनि के गर्ने, कसरी गर्ने, के प्रयोग गर्ने, के नगर्ने भन्ने कुरा जान्नुपर्छ । जथाभावी साबुन प्रयोग गर्ने, जस्तोसुकै कपडा प्रयोग गर्ने बानीले पनि यौनाङ्गको संक्रमण हुन सक्छ । योनीमा एउटा नाजुक पीएच सन्तुलन हुन्छ । गलत साबुन प्रयोग गरियो भने योनीको पीएच सन्तुलन बिग्रिन्छ । यसका साथै अरु थुप्रै कुरा छन्, जसले योनीको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछन् ।
एक अस्वस्थ योनीले प्रजनन तथा कामेच्छालाई प्रभावित पार्न सक्छ । लामो समयसम्म योनीमा तनावले साथीसँगको सम्वन्धलाई पनि प्रभावित पार्छ र आत्मविश्वास कमजोर बनाउँछ । अतः योनीमा कुन-कुन लक्षण देखिए के समस्या हुनसक्छ त ?
पिसाब पोल्नेः
पिसाब फेर्दा जलन हुनु यूरिन इन्फेक्सनको आम लक्षण हो । यूटीआईबाट बच्नका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ ताकि सिस्टमबाट ब्याक्टेरियालाई फ्लस गर्न सकियोस ।
फरक रंगको स्खलनः
असामान्य रंग, जस्तै पहेँलो, हरियो वा सेतो रंगको असामान्य योनी स्राव भएमा चिन्ता लिनुपर्ने विषय हुन्छ ।यसो भएमा चिकित्सकलाई भेट्नैपर्छ ।
असामान्य रक्तस्रावः
महिनावारीका बीचमा कुनै पनि प्रकारको स्पोटिङ वा ब्लीडिङको जाँच गराउनु पर्छ । नियमित रक्तस्राव ग्रिभा क्यान्सरको लक्षण पनि हुन सक्छ । यौन सम्पर्कमा अत्यधिक दुखाई यूटीआई, स्किन इन्फेक्सन, जलन, आदिका कारण यौन सम्पर्कका क्रममा पीडा हुन सक्छ । यो एन्डोमेट्रिओसिसको लक्षण हुन सक्छ ।
सुख्खापनः
महिनावारी सुकेपछि सुख्खापनको समस्या अधिक हुन्छ किनकी यस दौरान एस्ट्रोजेनको लेवल तल र्झछ । यसबाट सेक्सका दौरानमा पनि असुविधा हुन सक्छ ।
छालामा घाउः
लिबिया र योनीको आसपासको छालामा हुने असामान्य घाउमाथि ध्यान राख्नुपर्छ । यो एउटा उपचाररहित एसटीडीको संकेत हुन सक्छ ।
चिलाउनेः
चिलाउनु पनि एक इन्फेक्सन वा एसटीडीको संकेत हुन सक्छ । यसको संभावित कारण यीस्ट इन्फेक्सन हुन सक्छ जुन एन्टिवायोटिक्सको सेवनबाट हुन सक्छ ।
दुर्गन्धः
यदि योनीबाट लगातार अनौठो दुर्गन्ध आइरहेको छ भने सम्झीनुस कि योनीको इन्फेक्सनले गर्दा पनि यस्तो भएको हुन सक्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












