कान्छीसँग मस्ति गरिरहेकै बेला जेठीले पतिको लिंग हसिँयाले चैट पारेपछि…
काठमाडौं, २१ पुस । घरमा राम्री श्रीमती हुँदाहुँदै कतै तपाई बाहिर बरालिइरहनुभएको वा कान्छी भित्र्याएर पौरख गरेको सोच्दै हुनुहुन्छ भने होसियार रहनुहोस–बहुविवाह वा परस्त्री गमनको आरोप मात्र आउने होइन, अर्कै ठूलो बित्यास पनि पर्न सक्छ ।
दुई युवतीको साथमा रहने एक पुरुष ठूलो फसादमा परेका छन् । हाल काठमाडौंको शंखरापुर बस्ने सिन्धुपाल्चोक मेलम्ची गाविस–७ का बासिन्दा एक बैंशालु पुरुष र दुई युवतीको कहानी हो । शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने २९ वर्षे कान्छामान तामाङ पहिले नै विवाहित थिए । सुन्दर र मायालु जेठी श्रीमती हुँदाहुँदै काठमाडौं भित्रिएपछि अर्को २० वर्षे युवतीमाथि पनि आँखा लगाए ।
शारीरिक श्रम गरेर जीवन गुजारा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीमतीको रुपमा राख्ने दुस्साहस गरे । सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे । तर १७ गते ख्यालख्यालमै दुर्दिन बन्यो । दिउँसै मदिरा सेवन गरेका कान्छामान त्यसदिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जिस्किएर कोठामा बसिरहेका थिए ।
यत्तिकैमा कान्छीलाई अँगाले । बाहिर रहेकी जेठी भित्र पसिन् । कान्छीसँग ओछ्यानमै रमाउन लागेको देखेपछि गाली गर्दै भनिन, ‘काममा जानु छैन, जतिबेला पनि रक्सी खायो, दिउँसै यस्तो के गर्न लागेको ?’कान्छामानले फकाउने शैलीमा भने धेरै नकरा न, तेरो पनि पालो आउँछ ।
एकातिर कान्छी ल्याएको, अर्कातर्फ काममा जान छाडेर दिउँसै मापसे गरी कान्छीसँग रतिक्रिडामा लीन हुन लागेको देखेपछि जेठीको दिमाग रन्कनु अस्वभाविक थिएन ।
उनले झम्टिएर बर्को ओढी कान्छीसँग सुतिरहेका पतिले ओढ्ने तानिन् । कान्छी रातो मुख लगाउँदै निस्किइन् । तर, अर्धनग्न अवस्थामा रहेका कान्छामानले आफूलाई सम्हालेनन् । बरु मौन रहेर जेठीलाई रिसाएको आँखाले हेरे । पति र सौताको व्यवहारबाट हैरान भएकी जेठी झन् रिसाइन् ।
उनले कान्छी ल्याएपछि आफूसँग भएका व्यवहार सम्झिइन् । कान्छीसँगै बढी रत्तिन थालेपछि आफ्ना स्वाभाविक इच्छा मार्न बाध्य भएको पनि समिझइन् र कोठाबाहिर उभिरहेकी कान्छीतिर हेरिन् ।
त्यसपछि गाउँबाट ल्याएको हँसिया उठाउँदै भनिन, ‘मलाई पनि नहुने, तँलाई पनि नहुने, लु जा भनेर कान्छामानको संवेदनशील अंग काट्न थालिन् । त्यतिबेलासम्म रक्सीको नसामा ल, बेपर्वाह, अर्धनग्न कान्छामानले आफूलाई सम्हाल्नै पाएनन् । कान्छामानले ‘ऐया, मलाई मारी’ भनेर चिच्याउन थालेपछि कान्छी हतारिँदै आइन् ।
जेठीले संवेशनशील अंगको माथिल्लो भाग आधाजति रेटिसकेकी थिइन् । कान्छी र श्रीमान चिच्याउन थालेपछि जेठी सम्हालिन् । रगतले ओछ्यान भिज्यो र कान्छामान पीडाले बोल्नै नसक्ने भए ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












