के तपाईको गुप्ताङ्ग कालो छ ? यदि हो भने थाईल्याण्डमा बनाईन्छ गोरो !
बीबीसी, २२ पुस । थाइल्याण्डबासीमा यतिबेला एउटा विचित्रको शौक पलाएको छ । यसमा यति मानिस आकर्षित भएका छन्, जसका कारण प्रश्न उठेको छ कि के ब्युटी उद्योगले सबै हद पार गर्न लागेको हो । पुरुषको यो आकर्षण गुप्ताङ्ग (लिङ्ग) लाई गोरो बनाउने कोशिस बढेको हो । एसियाली मुलुकमा छालालाई गोरो बनाउने कोशिस नयाँ भने होइन, किनभने काला रङ्गको विषयमा यहाँ विचित्रको सोच छ ।
हालै जब यो विषयसँग सम्बन्धित प्रक्रियालाई अनलाइनमा हालियो तब यो भाइरल हुन केहीबेर पनि लागेन । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले यो प्रक्रियाको विषयमा चेतावनी पनि जारी गरेको छ। बीबीसी थाई सेवाले यो प्रक्रियाबाट गुज्रेका एक जनासँग गरेको कुराकानीमा उनले भने–म आफ्नो स्वीमिङ ब्रीफ्समा बढी सहज महशुस गर्न चाहन्थेँ । ३० वर्षका उक्त व्यक्ति दुई महिनाअघि पहिलोपटक यस्तो सत्रबाट गुज्रेका थिए र उनले शेडमा परिवर्तन देखेका थिए ।
यो उपचार उपलव्ध गराउने क्लिनिकको तर्फबाट जुन फेसबुक पोस्ट गरिएको छ, त्यसलाई मानिसहरुले दुई दिनमा १९ हजारपटक शेयर गरे । यो उपचारमा छालामा मेलानिन कम गरिन्छ । यो पोस्टमा उपचार कक्षको तस्वीर र पहिलो र पछिको इलस्ट्रेशन पनि छ । यो विषयमा मानिसहरु फरक फरक प्रतिक्रिया दिइरहेका छन् । केही भनिरहेका छन् कि यो आवश्यक छ ।
यहि केहीले रोचक सुझाव पनि दिइरहेका छन् । उनीहरुका अनुसार ‘यसलाई टर्चका रुपमा प्रयोग सकिन्छ, चम्कन देऊ । एक जना महिलाले आश्चर्य प्रकट गर्दै लेखेकी छन् कि उनी यसको रङ्गलाई लिएर त्यति धेरै गम्भीर कहिले पनि भइनन् बरु साइज र मूभको विषयमा चिन्ता व्यक्त गरिन् ।
यो सेवा दिने लेलक्स अस्पतालका मार्केटिङ म्यानेजर पोपोल तन्साकुलले बीबीसीसँग भने कि उनले चार महिना पहिला महिलाहरुको गुप्ताङ्ग (योनी) गोरो बनाउने सेवा सुरु गरेका हुन् । उनले भने–मानिसहरु त्यतिबेलैबाट पेनिस व्हाइटनिङ्गका बारेमा सोध्न थालेका थिए ।त्यसैले हामीले एक महिनापछि यो सेवा पनि थाल्यौ ।’ पाँच सत्रको यो पूरा प्रक्रियाको खर्च ६५० डलर छ ।
यद्यपि यो हेर्न अझै बाँकी छ कि के थाइल्याण्डका पुरुष आफ्नो गुप्ताङ्गको रंग परिवर्तनका विषयमा कति रुची देखाउँछन् । यो क्लिनिकलाई लिङ्ग र योनीको रङ्ग परिवर्तन गर्नेहरुको औषतः २०–३० जना हरेक महिनामा उपलव्ध भइरहेका छन् । केही त म्यान्मा, कम्बोडिया र हङकङबाट पनि आइरहेका छन् । पोपोलले भने–यो गे पुरुषहरुका बिच निकै लोकप्रिय छ, जो आफ्नो निजी अङ्गको विशेष ख्याल राख्दछन् । उनीहरु सबै क्षेत्रमा राम्रो देखिन चाहन्छन् ।
थाइल्याण्डको पब्लिक हेल्थ मिनिस्ट्रीले यो क्लिनिकको चर्चा बटुल्ने बाहना भएको प्रतिक्रिया जनाएको छ। मन्त्रालयले यो प्रक्रियाबाट गुज्रदा पीडा, निशान, जलन, सन्तान उत्पादन गर्ने र यहाँसम्म कि यौन सम्बन्ध कायम गर्न समस्या आउन सक्ने चेतावनी दिएको छ। यसका साथै उपचार रोकेपछि छालाको रङ्ग पुनः पहिलाजस्तै हुन सक्ने र त्यसमा फोहोर धब्बा पनि पर्न सक्ने जनाएको छ।
मन्त्रालयका डाक्टर थान्गजाई कीर्तिहट्याकोर्नले एउटा वक्तव्यमा भनेका छन्–लिङ्गलाई लेजर वाइटनिङग जरुरी छैन, पैसा खर्च मात्र हो, यसबाट सकारात्मकभन्दा नकारात्मक कुरा बढी हुन सक्दछ । विगत दश वर्षमा दक्षिण एसियामा स्किन व्हाइटनिङ्गको चलन बढ्दो थियो ।
लेलक्सका अनुसार ५० प्रतिशतभन्दा बढी विरामी यस्तै उपचारका लागि उनको क्लिनिकमा आउने गरेका छन् । यो चलनका आधार त्यो पम्परागत दृष्टिकोण हो, जसमा मानिस गोरो रङ्गलाई महत्व दिने गर्दछन् । बजारमा छालालाई गोरो बनाउने उत्पादन पनि भरमार छ र अतितमा यसको प्रचार गर्नेहरु विज्ञापनको कयौपटक विरोध पनि भइसकेको छ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












