७ वर्षदेखि थ्री गर्जेजको हातमा रहेको पश्चिम सेती स्वदेशी लगानीमै बनाउनुपर्ने माग
काठमाडौं, १८ माघ । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानी बन्नुपर्ने माग बढ्न थालेको छ । पश्चिम सेतीको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजले प्रभाकारी काम नगरेपछि स्वदेशी लगानीमा नै आयोजना बनाउनुपर्ने माग बढेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को सहकार्यमा सुदूरुपश्चिम सरोकार मञ्चले छलफल कार्यक्रम आयोजना गरेको सात दिन पनि नपुग्दै मञ्चले पुनः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले लगायतलाई भेटेर तत्काल स्वदेशी लगानीमा नै निर्माण गर्न आग्रह गरेका हुन् ।
सो आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनीको सम्पूर्ण माग र चासोलाई सरकारले सम्बोधन गरेपनि उसले एक पछि अर्को गर्दै नयाँ नयाँ शर्त थप्दै लगेको छ । प्रसारण लाइन निर्माण सरकारले गर्ने भएको छ । सवस्टशेन निर्माणका लागि सरकारले जग्गा समेत खरिद गरिसकेको छ । तर अहिले आएर चिनियाँ कम्पनीले आयोजना बहुउद्देश्यिय बनाउनुपर्ने र विद्युत् खरिद दर बढाउनुपर्ने शर्त अगाडि सारेको छ ।
करिब १६ वर्ष अष्ट्रेलियन कम्पनी स्मेकको पोल्टामा रहेको आयोजना पछिल्ला सात वर्ष चिनियाँ कम्पनी थ्री गर्जेजको हातमा रहेको छ । आयोजना बन्ला र आर्थिक समृद्धिको ढोका खुल्ला भन्ने आशामा अहिलेसम्म कुनै प्रगति नभएको देख्दा प्रदेश ७ का जनता निराश भएका छन् ।
सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेको छ । तर कार्यप्रगति भने सधैँ शून्यकै हाराहारीमा रहेको छ । चिनियाँ कम्पनी किन आयोजनालाई द्रुतत्तर रुपमा अगाडि बढाउन तयार छैन भन्ने तथ्यबाट देखिएको ऊर्जा सचिव अनुपकुमार उपाध्यायको भनाइ छ । उनले आयोजनाबाट जतिसक्दो चाँडो चिनियाँ कम्पनी भाग्न लागेको आफूले अनुभव गरेको बताए ।
उसले उठाएका अधिकांश माग सरकार र नेपाल विद्युत् प्राधिकरणले सम्बोधन गर्दासमेत परियोजना अगाडि बढ्न नसक्नुको पछाडि काम गर्ने मनसाय नै नभएको देखिएको उनको भनाइ छ । आयोजनामा चिनियाँ कम्पनीको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । आयोजनाको अनुमानित कुल लागत १ खर्ब ६२ अर्ब बराबर रहेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












