‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’
भक्तपुर, २७ चैत । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि शुरु हुँदैछ ।
नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडा(छाने)शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रााङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।
बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परपम्परा छ । जात्राको मुख्य आकर्षण रथ तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याई त्यहाँबाट फर्काएर गःहिटीमा रथ पु¥याइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।
त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याइने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रय पु¥याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पु¥याउनुपर्ने परम्परा छ । जात्रामा रथ तान्ने परम्परागत मार्ग क्वनेतर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल र तेखापुखुसम्म तथा थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म छ ।
विसं २०७२ को भूकम्पले रथ तान्ने मार्गका घरमा क्षति पुर्याएकाे र ती संरचना पुनःनिर्माणका चरणमा रहेकाले यस वर्ष टौमढीबाट क्वनेतर्फ बुलुँचा र थनेतर्फ साकोठासम्म मात्र रथ तान्ने तयारी भएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए ।
तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याक्वः त्याक्वः’ भनिन्छ । जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ ।
पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ ।
लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । लिङ्गो उठाएको हेर्नाले शत्रु नाश हुन्छन् भन्ने मान्यतानुसार यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पुर्याइन्छ । लिङ्गो उठाइनासाथ स्थानीय बाराहीदेवीको तिंप्वाः जात्रा मनाइन्छ ।
जात्राको पाँचौंँ दिन वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसलगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ जसलाई नेपाल भाषामा ‘द्यः ल्वाकिगु जात्रा’ भनिन्छ । साँझपख दुमाजुदेवीको जात्रा गरिन्छ । अन्तिम दिन भैरवनाथको रथ गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरिन्छ ।
थिमीमा प्राप्त नेसं ५०० को तमसुकपत्रमा विश्वकेतुलाई सम्झाउने पर्यायका रुपमा ‘बिसिक’ शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पटक जात्रालाई सम्बोधन गर्दा ‘विश्वजात्रा’ भनी उल्लेख गरिएको छ ।
त्यसैगरी भक्तपुरको राजदरबारमा नेसं ८०८ र ८१८ को राजा जीतामित्र र भूपतीन्द्र मल्लका पालामा लिखित अभिलेखमा ‘बिस्क्यात’ शब्द उल्लेख छ । “तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उनले भने, “यी प्रमाणका आधारमा ‘विश्वकेतु’ भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार ‘बिसिक’, ‘बिस्क’, ‘बिस्का’ हुन पुगेको हो । त्यसैको अपभ्रंश भएर ‘बिस्केट’ हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”
प्रा डा श्रेष्ठले बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसमा प्रचलित सर्प मारिएको र नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम मात्र रहेको बताए । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो ।
विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात् भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बिको अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट चल्दै आएको भम्र छ”, उनले भने, “नवदुर्गा गणलाई ‘वि त्वंकेगु’ भनी तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म छ ।
अहिलेसम्म चलेका प्रमाण, अभिलेख र मल्लकालीन राजा जगत्प्रकाशदेखि शाहवंशीय राजा त्रिभुवन र ज्ञानेन्द्र तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपत हेर्ने हो भने विश्वकेतु, वीरध्वजा लेखिएको छ । विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर भनेर भैरवको बाहन वीर बेताललाई भनिएको हो ।
यो ध्वजा विश्वध्वजा र वीरध्वजा मान्न सकिन्छ । यसमा नागनागिनी भन्नु गलत हो ।” बिस्केट जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने र लिङ्गो उठाइने बेलामा हुने सम्भावित झडप रोक्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको प्रजिअ पोखरेलले बताए। यस वर्ष जात्रामा नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका तीन सय जनशक्ति परिचालन गरिने छ । जात्रामा उच्छृङ्खल गतिविधि गर्नेको पहिचान गर्न सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।
रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने गर्दा रथबाट खसेर घाइते हुनाका साथै किचेर ज्यानसमेत जाने गरेकाले रथमा भैरव नाइके, गुथी र स्थानीय क्लबका पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिनेछ ।
जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिने छ । सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने उनले बताए ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...