चाम्लिङ दोबालिछा समाजद्वारा समाजसेवी राई सम्मानित
काठमाडौं,१० वैशाख। साउदी अरबमा रहेका (प्रेमबहादुर राई बचाऔं अभियान) मा आर्थिक सहयोग पुर्याएका समाजसेवी भोगिन्द्र राईलाई चाम्लिङ दोबालिछा समाजले एक कार्यक्रमका वीच सम्मान गरेकाे छ।
चोरी आरोपमा साउदी अरबमा रहेका प्रेमबहादुर राईको परिवारलाई भोगिन्द्र राईले एक लाख बयासी हजार आठ सय सत्तरी रुपैँया हस्तान्तरण गरेका छन् । राईलाई खादा ओढाएर चाम्लिङ दोबालिछा समाजका अध्यक्ष जीतकुमार राई र प्रेमबहादुर बचाऔ अभियानका सदस्य ईन्द्र कुलुङले सम्मान गरेका हन् ।
साउदीमा रहेका पीडित इनद्रबहादुर राईको बारेका जानकारी पाएपछि सबैले मिलेर रकम संकलन गरेको भोगिन्द राईले बताए । इलाम माइनगरपालिका- ४ शुक्रबारेका प्रेमबहादुर राईको उद्वारका लागि आर्थिक सहयोग गरेकाेमा भोगिन्द्र राईलाई सम्मान गरिएको चाम्लिङ दोबालिछा समाजका सह कोषाध्यक्ष श्रीराम राईले बताएका छन् ।
कार्यक्रम बोल्दै मासिकका सम्पादक कृष्ण भुसालले यस अभियानलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । त्यसै गरी कार्यकारी सम्पादक गीता अधिकारीले वैदेशिक रोजगारीले भोग्नु परेको यस्ता खाले पीडाले आफू पनि धेरै मर्माहत भएको र मिडियाले यस्ताखाले अभियान लाई पूरा गर्न लाग्नु पर्ने बताएकी छिन् ।
कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले समाजसेवी भोगिन्द्र राईलाई धन्यवाद ज्ञापन दिदै यस्तो समस्यामा परेकाहरूको उद्वार र दक्ष जन शक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न अब पनि ढिलाइ गरे झन् यस्ता खाले समस्या दोहोरिरहने कुरा बताए ।
प्रेमबहादुर बचाऔ अभियानमा अहम् भुमिका खेल्ने मिडिया, कान्तिपुर ,गोरखापत्र, नागरिक ,नयाँ पत्रिका लगायतका विभिन्न अनलाइन मिडियालाई अभियानका सदस्य ईन्द्र कुलुङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा डिल्लीराम सुवेदी ,जोजन राई लगायतको उपस्थिति रहेको थियोे ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












