चाम्लिङ दोबालिछा समाजद्वारा समाजसेवी राई सम्मानित
काठमाडौं,१० वैशाख। साउदी अरबमा रहेका (प्रेमबहादुर राई बचाऔं अभियान) मा आर्थिक सहयोग पुर्याएका समाजसेवी भोगिन्द्र राईलाई चाम्लिङ दोबालिछा समाजले एक कार्यक्रमका वीच सम्मान गरेकाे छ।
चोरी आरोपमा साउदी अरबमा रहेका प्रेमबहादुर राईको परिवारलाई भोगिन्द्र राईले एक लाख बयासी हजार आठ सय सत्तरी रुपैँया हस्तान्तरण गरेका छन् । राईलाई खादा ओढाएर चाम्लिङ दोबालिछा समाजका अध्यक्ष जीतकुमार राई र प्रेमबहादुर बचाऔ अभियानका सदस्य ईन्द्र कुलुङले सम्मान गरेका हन् ।
साउदीमा रहेका पीडित इनद्रबहादुर राईको बारेका जानकारी पाएपछि सबैले मिलेर रकम संकलन गरेको भोगिन्द राईले बताए । इलाम माइनगरपालिका- ४ शुक्रबारेका प्रेमबहादुर राईको उद्वारका लागि आर्थिक सहयोग गरेकाेमा भोगिन्द्र राईलाई सम्मान गरिएको चाम्लिङ दोबालिछा समाजका सह कोषाध्यक्ष श्रीराम राईले बताएका छन् ।
कार्यक्रम बोल्दै मासिकका सम्पादक कृष्ण भुसालले यस अभियानलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । त्यसै गरी कार्यकारी सम्पादक गीता अधिकारीले वैदेशिक रोजगारीले भोग्नु परेको यस्ता खाले पीडाले आफू पनि धेरै मर्माहत भएको र मिडियाले यस्ताखाले अभियान लाई पूरा गर्न लाग्नु पर्ने बताएकी छिन् ।
कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले समाजसेवी भोगिन्द्र राईलाई धन्यवाद ज्ञापन दिदै यस्तो समस्यामा परेकाहरूको उद्वार र दक्ष जन शक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न अब पनि ढिलाइ गरे झन् यस्ता खाले समस्या दोहोरिरहने कुरा बताए ।
प्रेमबहादुर बचाऔ अभियानमा अहम् भुमिका खेल्ने मिडिया, कान्तिपुर ,गोरखापत्र, नागरिक ,नयाँ पत्रिका लगायतका विभिन्न अनलाइन मिडियालाई अभियानका सदस्य ईन्द्र कुलुङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा डिल्लीराम सुवेदी ,जोजन राई लगायतको उपस्थिति रहेको थियोे ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












