पत्रकारकालागि प्रदेश १ उत्कृष्टः अध्यक्ष बिक्रम लुईटेल
विराटनगर, ७ असार । सात प्रदेशमध्ये १ नम्बर प्रदेश बजेटका हिसाबले पत्रकारका लागि उत्कृष्ट देखिएको छ । पत्रकारहरुको पूर्वाधार निर्माण र क्षमता अभिबृद्विका लागि प्रदेशले झण्डै चार करोड रुपैया छुट्याएको छ ।
अरु प्रदेशको तुलनामा बजेट राम्रो हुनु प्रदेश १ का पत्रकारका लागि उपलब्धिमुलक भएको नेपाल पत्रकार महासंघ प्रदेश १ ले जनाएको छ ।
सरकारले ल्याएको पहिलो बजेटमा पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिएको प्रदेशका अध्यक्ष बिक्रम लुईटेलले बताए ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गत असार १ गते प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेश पत्रकार महासंघको भौतिक एवम् संस्थागत विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिको कार्यक्रम गर्ने, प्रदेशभित्र प्रदेश प्रेस काउन्सिल गठन गर्ने र सूचना केन्द्रको निर्माण प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
यसैगरी सरकारले प्रदेशमा एक पत्रकार सहायता कोष स्थापना गर्ने घोषणा बजेटमा गरेको छ । कोषबाट प्राकृतिक प्रकोप, विपद् लगायतका घटनाहरूका समाचार संकलन र सम्प्रेषणमा खटिने प्रदेशभित्रका पत्रकारहरूलाई सम्मान तथा त्यस्ता समाचार संकलनका क्रममा हुन सक्ने दुर्घटनामा परी घाइते हुने पत्रकारहरूको उपचार गर्ने सरकारले जनाएको छ ।
बजेटमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि आवश्यक कानून निर्माण गर्ने र सूचना प्रबिधि पार्क निर्माणको लागि अध्ययन गर्ने विषय पनि समावेश छ । यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमले प्राप्त गर्नेगरी समानुपातिक विज्ञापन नीति लागू गर्ने, स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनमा जोड दिने, पत्रकारितामा लामो समय योगदान गरेकाहरुलाई सम्मान गर्ने, न्युनतम पारिश्रमिक लागू गराउने लगायतका विषय समावेश गरिएको थियो ।
सरकारले ल्याएको बजेटमा पत्रकार महासंघको प्रदेश र जिल्ला शाखाहरुको भवन निर्माणको लागि पनि रकम छुट्याएको छ । महासंघको प्रदेश समितिको भवन निर्माण गर्न ४० लाख, पाँचथर शाखाको भवन निर्माण गर्न ५० लाख र भोजपुर शाखाको भवन निर्माण गर्न २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । बजेटमा प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न ५० लाख, सञ्चार नीति तर्जुमा गर्न ५० लाख, सञ्चारकर्मीको क्षमता अभिबृद्धिको लागि २५ लाख, सञ्चारगृह स्थापना गर्न १ करोड, संचार माध्यमको संरचनामा ५० लाख र पत्रकार महासंघ सहयोगको लागि १ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लुईटेलले प्रदेश सरकारले ल्याएको बजेट मिडियामैत्री रहेको भन्दै सरकारलाई धन्यवाद दिनुभएको छ । प्रदेश सरकारसँग महासंघले उठाएका अधिकांश विषय नीति तथा कार्यक्रम र बजेटले समेटेको भन्दै उहाँले त्यसको कार्यान्वयन भए पत्रकारिताको विकासमा कोषेढुंगा सावित हुने प्रतिक्रिया दिए ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












