पत्रकारकालागि प्रदेश १ उत्कृष्टः अध्यक्ष बिक्रम लुईटेल
विराटनगर, ७ असार । सात प्रदेशमध्ये १ नम्बर प्रदेश बजेटका हिसाबले पत्रकारका लागि उत्कृष्ट देखिएको छ । पत्रकारहरुको पूर्वाधार निर्माण र क्षमता अभिबृद्विका लागि प्रदेशले झण्डै चार करोड रुपैया छुट्याएको छ ।
अरु प्रदेशको तुलनामा बजेट राम्रो हुनु प्रदेश १ का पत्रकारका लागि उपलब्धिमुलक भएको नेपाल पत्रकार महासंघ प्रदेश १ ले जनाएको छ ।
सरकारले ल्याएको पहिलो बजेटमा पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिएको प्रदेशका अध्यक्ष बिक्रम लुईटेलले बताए ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गत असार १ गते प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेश पत्रकार महासंघको भौतिक एवम् संस्थागत विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिको कार्यक्रम गर्ने, प्रदेशभित्र प्रदेश प्रेस काउन्सिल गठन गर्ने र सूचना केन्द्रको निर्माण प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
यसैगरी सरकारले प्रदेशमा एक पत्रकार सहायता कोष स्थापना गर्ने घोषणा बजेटमा गरेको छ । कोषबाट प्राकृतिक प्रकोप, विपद् लगायतका घटनाहरूका समाचार संकलन र सम्प्रेषणमा खटिने प्रदेशभित्रका पत्रकारहरूलाई सम्मान तथा त्यस्ता समाचार संकलनका क्रममा हुन सक्ने दुर्घटनामा परी घाइते हुने पत्रकारहरूको उपचार गर्ने सरकारले जनाएको छ ।
बजेटमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि आवश्यक कानून निर्माण गर्ने र सूचना प्रबिधि पार्क निर्माणको लागि अध्ययन गर्ने विषय पनि समावेश छ । यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमले प्राप्त गर्नेगरी समानुपातिक विज्ञापन नीति लागू गर्ने, स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनमा जोड दिने, पत्रकारितामा लामो समय योगदान गरेकाहरुलाई सम्मान गर्ने, न्युनतम पारिश्रमिक लागू गराउने लगायतका विषय समावेश गरिएको थियो ।
सरकारले ल्याएको बजेटमा पत्रकार महासंघको प्रदेश र जिल्ला शाखाहरुको भवन निर्माणको लागि पनि रकम छुट्याएको छ । महासंघको प्रदेश समितिको भवन निर्माण गर्न ४० लाख, पाँचथर शाखाको भवन निर्माण गर्न ५० लाख र भोजपुर शाखाको भवन निर्माण गर्न २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । बजेटमा प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न ५० लाख, सञ्चार नीति तर्जुमा गर्न ५० लाख, सञ्चारकर्मीको क्षमता अभिबृद्धिको लागि २५ लाख, सञ्चारगृह स्थापना गर्न १ करोड, संचार माध्यमको संरचनामा ५० लाख र पत्रकार महासंघ सहयोगको लागि १ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लुईटेलले प्रदेश सरकारले ल्याएको बजेट मिडियामैत्री रहेको भन्दै सरकारलाई धन्यवाद दिनुभएको छ । प्रदेश सरकारसँग महासंघले उठाएका अधिकांश विषय नीति तथा कार्यक्रम र बजेटले समेटेको भन्दै उहाँले त्यसको कार्यान्वयन भए पत्रकारिताको विकासमा कोषेढुंगा सावित हुने प्रतिक्रिया दिए ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












