विपन्नताले पुछिएको सिन्दूर : १५ बर्षमा विहे, २१ बर्षमा विधुवा !
काठमाडाैं २८, असार । लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए ।
पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे गरेकी २१ वर्षीया लीला रोकाको यतिबेला सिन्दूर पुछिएको छ । गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा उनका २३ वर्षीय पति राष्ट्रे रोका मारिएपछि उनका लागि संसार अँध्यारो बनेको छ । पाँच वर्षीय छोरा साथमा लिएर टोलाइरहेकी छन् लीला।
‘म १५ वर्षकी थिएँ, उहाँ १७ वर्षका हुनुहुन्थ्यो । पढ्दापढ्दै बिहे गरियो । एक वर्षमा छोरो जन्मियो । आयस्रोत केही नाइँ । बुवा, आमा, भाइ, म अनि छोरो पाल्ने सोचमा उहाँ विदेश जानुभो । मलेसिया गएको तीन वर्षमा फर्कनुभो’, लीलाले विगत सुनाइन्, ‘ऋण गरेर विदेश कमाउन गएको उतै बिरामी पर्नु भएछ । पैसा नकमाएरै फर्किनुभो ।’ दुर्घटनामा पतिसहित जेठाजु, देवर र आमाजू गुमाएकी लीलाको काँधमा अब सासूससुरा र पाँच वर्षको छोराको जिम्मेवारी थपिएको छ ।
मजदुरी गरेर कमाएको पैसाले छोरा पढाउने आशा बोकेर मुस्ताङ पुगेका राष्ट्रेले गत वैशाखमा पत्नी लीला र छोरा मौसमलाई दाङ लालमटिया पठाएका थिए । ‘छोरो पढाउने भन्दै वैशाखमा दाङ झर्यौं । लालमटियासिथत बोर्डिङमा भर्ना गरेका थियौं । मजदुरी गरेर पैसा कमाउँछु र आफूले नपढे पनि छोरालाई पढाउँछु भन्नुहुन्थ्यो,’ भक्कानिँदै लीलाले सुनाइन् ।
उनका अनुसार मलेसिया जाँदा लिएको ऋण तिर्नै बाँकी छ ।पतिको लास लुंग्री किनारमा जल्दै गर्दा अर्धचेत् बनेकी लीला अहिले न खुलेर रुन सक्छिन् न त आँसु लुकाएर बस्न सक्छिन् । सासूससुरा र छोरालाई सम्हाल्न आँसुसमेत लुकेर झार्नुपर्ने बाध्यता छ उनलाई । पलपल तड्पिरहेकी लीला आफ्नो भन्दा पनि छोराको भविष्यबारे चिन्तामा छिन् ।,यो खबर आजको नागरिक दैनिकमा छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











