गायक तथा संगितकार टंक बुढाथोकी अशोक दर्जीका सांगितिक अभिभावक या मालिक ?
काठमाडाैं ३१, असार । यतिबेला नेपाली संगित दुनियाँमा एउटा नयाँ तरंग पैदा भएको छ । अशोक दर्जी र टंक बुढाथोकीका बारेमा विभिन्न हल्ला बजारमा आएका छन् ।
बाटोमा गित गाउदै हिड्ने बालक दर्जीलाई युट्युबरले रातारात चर्चाको शिखरमा पुर्याए । सामान्य परिवारका दर्जी गायकको छवी बनाइसकेका छन् तर, उनका बारेमा सामाजिक संजाल देखि मिडियामा समेत विभिन्न टिकाटिप्पणी आउन थालेका छन् ।
जब अशोक दर्जीलाई उर्लाबारीका एक युट्यूबरले इन्टरभ्यू लिएर भाइरल बनाए, त्यसपछि उनको प्रतिभालाई अगाडि ल्याउने सल्लाह भयो । उर्लाबारीमा ‘अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम’ आयोजना गरियो ।
अशोक दर्जीलाई उर्लाबारीकै एक बोडिङ स्कूलले १२ कक्षासम्म नि:शुल्क पढाइदिने सहमति गर्यो र अशोक स्कुल जान थाले । सोही समयमा नै उनको गीत रेकर्ड गराइदिने बाचा समेत गरिएका थिए । तर, स्कुल जान थालेको २ दिनपछि अशोकलाई डीजे रुपकले काठमाडौं लिएर आए र टंक बुढाथोकीको जिम्मा लगाए ।
टंक बुढाथोकीले आफ्नै स्टुडियोमा ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ बोलको गित रेकर्ड गराए जसमा टंकको धेरै अशोकको थोरै स्वरमा गित बन्यो । गित युट्युबको ट्रेन्डिङमा बस्न सफल भयो । यो समाचार तयार पार्दासम्म गित झन्डै १ करोड २१ लाख ७० हजारले हेरिसकेका छन् ।
टंकले अशोक दर्जीका अनेक कुराहरु आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गर्दै आएका छन् यतिसम्म की उनले खाना खान लागेको प्लेन चढेको लगायतका अन्य थुप्रै कुराहरु ! यसले के संकेत गर्ला त्यो कुरा टंक स्वंमले जानेको हुनपर्छ सायद !
जव चर्चा उकालो लाग्दै गयो तव टंकले जुक्ति निकाले अशोकको बाबासंग सम्झाैता गर्ने अनि यसैको जगमा बसेर अशोकमाथी एकाधिकार जमाउने । टंकले त्यसै गरे, उनले पाँच वर्षकालागि सम्झाैता गरेर उनलाई आफ्नो चंगुमा त पारेरै छाडे तर, यो विषयका बारेमा आइपर्ने भवितब्यका बारेमा टंकले आंकलन नै गरेनन् ।
अशोक दर्जीको घर निर्माण गर्न भन्दै उनले विभिन्न क्याम्पिएन खडा गरे विदेश टुर लिएर गए । आम्दानी पनि राम्रै गरे । र, घर निर्माणमा भएको किचलोको बारेमा विभिन्न मिडियामा सवै कुरा आइसकेको छ ।
टंकको योजनाको दायरा फराकिलो बन्दै गयो, महत्वाकांक्षा पनि बढ्दै गयो यसैको फलस्वरुप उनले अमेरिका युरोप यात्रा बुनिसकेका रहेछन् । उनले एकपछि अर्को गर्दै कुटिल चालहरु चल्दै आए र सफल समेत भए । तर जव उनले अशोक दर्जीको स्कुलबाट दर्जीलाई काठमाडाैं लिएर हुइँकिए तव भने हल्लाले ठूलो रु लिदै गयो ।
अहिले दर्जीका बुवाआमालाई काठमाडाैं मै लिएर आएका टंक विभिन्न मिडियामा आफूले अशोकको भविष्य सुनिश्चित गर्ने भन्दै पानीमाथीको आेभानो हुने कोसिस समेत गर्दै छन् । के बाल मनोविज्ञानकाे बारेमा उनि सचेत छन् त पक्कै पनि छैनन् ।
नेपालको संविधान मै स्पष्ठ रुपमा नागरिकको शिक्षा सम्बन्धि हक अन्तरगत संविधानको धारा ३१ मा ‘प्रत्येक नागरिकलाई राज्याबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यामिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हक हुनेछ’ भनेर व्यवस्था गरिएको छ । यस्तो व्यवस्था भएपनि यतिबेला अशोक दर्जी भने काठमाडाैंमा बसिरहेका छन् । परिक्षा दिनबाट बन्चित भएकै छन् ।
अहिले यूकेजीमा अध्ययनरत अशोकको परिक्षा चलिरहँदा टंकले उनलाई काठमाडौ ल्याएका छन् । व्याथल इजुकेशन बोडिङ स्कूलका प्रिन्सीपल दिपक न्यौपानेले न्युज-नेपालसंग भने-‘यूरोपका लागि प्रक्रिया अगाडि बढाउनुछ, उसको परिक्षा छुट्दैन भन्दै टंकजीले अशोकलाई लैजानुभयो । तर, २ वटा परिक्षा उसको छुटिसकेको छ । अशोक काठमाडौमा नै छन् ।’
यसपछि अशोकको परिक्षा छुटाएर काठमाडौ ल्याएकोमा चाैतर्फी कुरा उठेपछि टंकले भने-‘यूरोप टुरका लागि स्पोन्सरले प्रक्रिया अगाडि बढाउन भनेपछि मैले काठमाडौं ल्याएको हुँ । उसले परिक्षा फेरि दिन्छ ।’ भन्ने प्रकारका कुरा गरिरहेको बुझिन आएको छ ।
टंक बुढाथोकीले सफा नियताका साथ अशोक दर्जीलाई लिएर हिडेपनि अहिले बजारमा उनका बारेमा उठेका तमाम प्रश्न र उनले दिएका कतिपय जवाफहरु भने पक्कैपनि विवादास्पद छन नै । उनले नेपालको संविधानले माैलिक हकका रुपमा दिएको शिक्षा सम्बन्धिको हकलाई नजरअन्दाज गर्न मिल्ला ?
उम्दा र चल्तिका गायक तथा संगितकार टंक बुढाथकीले आफ्नो एकाधिकार र अशोक दर्जीको लोकप्रियताको फाइदा उठाउन खोजेको जस्ता आरोप लागिरहदा उनले अशोक दर्जीलाई स्वतन्त्र छोड्न सक्लान या नाई त्यो भोली देखिने कुरा हो तर, सम्झाैताका नाममा अशोकमाथीको एकाधिकारका बारेमा टंकले सोच्नुपर्ने बेला भने आएको छ ।
मानिस जसले पनि आफूलाई केन्द्रमा राखेर राम्रो काम गर्छु भन्दा विवादित बन्ने मात्र होइन कहिकतै उसको साख समेत गुम्न सक्छ ।
टंकले अशोकको परिक्षा छुट्यो नि भन्दा दिएका जवाफ सुन्दा लाग्छ टंकलाई पैसा कमाउन हतारो छ किनकी टंकले कार्यक्रममा गएर प्रस्तुति दिएको आ-आफ्नै रेट भएको भनेर पहिले नै यसको संकेत दिइसकेका छन् । टंकले दर्जीलाई प्रयोग गरे भन्ने या अशोकले माैका पाए भन्ने यो कुरा आम पाठक, श्रोता, दर्शक र उनका फ्यानमा निर्भर गर्नेछ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











