आजसम्म विश्वमै पारदर्शी नभएको चिनियाँ लगानी नेपालको हित अनुकुल छैन: डा जगदीशचन्द्र पोखरेल
काठमाडाैं १५, साउन । नेपाल-चीन सम्बन्ध र वेला बखतमा हुने गरेका उच्च स्तरिय राजनीतिक भ्रमणले कहिले कुनै त कहिले कुनै किसिमका सम्झाैता हुने गरेका छन् । पछिल्लो समय भएको प्रधानमन्त्री केपी शर्मा आेलीको जम्बो टोलीसहितको भ्रमणले नेपालमा चिनियाँ रेल कुदाउने सपना खुबै मज्जाले बाँडेको छ ।
नेपाल-चीन कनेक्टिभिटी बढाउने सहमति भएसंगै चिनियाँ रेललाई स्वागत गर्ने र लगानीले भविष्यमा पर्ने असरका बारेमा गाँईगुई हल्ला बजारमा फैलिदै गएको छ । रेलमार्ग निर्माणका लागि चिनियाँ लगानी ल्याउने चर्चासंगै यसबाट नेपाललाई हुने हानी अर्थात दुष्परिणामबारे वाैद्धिक जमातमा तरङ्ग पैदा भएको छ ।
चिनियाँ लगानी राजनीति प्रेरित हुने र पश्चिमा मुलुकको जस्तो आर्थीक पारदर्शीता नहुने भन्ने चर्चा चलिरहेकै बेला राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले अहिलेसम्मका विश्व इतिहासमा चिनियाँ लगानी पारदर्शी नभएको, एजेन्ट, व्यापारी र राजनीतिक उद्धेश्यले प्रेरिर लगानी आउने हुनाले मुलुकको आर्थीक सुशासन कायम हुन नसक्ने र अर्थतन्त्र नै धरासयी हुने ठोकुवा गर्छन् ।
चिनियाँ लगानी एक ‘ऋण पासो”को रुपमा हुने भन्दै चर्चा चलिरहेका बेला उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतको लगानी ग्लोबल टेन्डरका माध्यमबाट आउने र त्यस्ता लगानीमा साविकमा तोकिएको रकमबाट घटबढ हुने संभावना हुने भएकाले मुलुकलाई ऋण भार कम हुनुका साथै आर्थीक पारदर्शीता हुने जनाइएको छ ।
तर, चिनियाँ लगानी सिधै राजनीतिक तहको निर्णयबाट आउने भएकाले उनीहरुको स्वार्थ अनुकुल हुने र आयोजनामा आवश्यक पर्ने बिभिन्न सामाग्री, जनशक्ति लगायतका कुरा समेत उतैबाट आउनाले देशको श्रम शक्ति र अर्थतन्त्रमा एकै पटकको प्रहार भएको ठहर पोखरेलले गरेका छन् ।
‘ऋण पासो’ कसरी हुन्छ भन्ने कुरामा धेरैजसो विज्ञहरुको कुरा भने एकमत देखिदैन । यदि चिनियाँ लगानीमा रेलमार्ग बन्यो भने नेपालले चिनियाँ लगानी पाउने भनेको बीआरआईअन्तरगत भएकाले उनीहरुले दिने रकम अनुदान नभएको र ठूलो किसिमको लगानीलाई हामीले तिर्न विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतसँग सापट लिनुपर्यो या त विभिन्न खानीहरुको उत्खनन वा बेचविखन नै भएकाले पूर्वसर्तसहितको लगानी हाम्रो जस्तो मुलुकका लागि हानीकारक हुने तर्क एकथरीको रहेको छ ।
त्यस्तै, अर्कोथरीले भने विकासको पहिलो खुड्किलो रोड कनेक्टिभिटी भएको र आयोजना सम्पन्न भएपश्चात देशको आर्थीक बृद्धिदर एक किसिमले रफ्तारमा जाने भएकाले यी यस्ता हल्लाको पछाडी लागेर मुलुकलाई अन्धकारको बाटोमा हिडाल्न खोजेको आरोप पनि लगाउने गरेका छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलका अनुसार केरुङ–काठमाडौं रेल सेवालगायतका विषयमा हावाका भरमा कुरा भइरहेको छ । आर्थिक दृष्टिकोणले सर्वेक्षण नगरी यस्ता निर्णय गर्नाले मुलुक दुर्घटनामा पर्ने संभावना हुने भएकाले बेलैमा सचेत हुन उनको आग्रह छ । चिनियाँ लगानी आउनै हुन्न भन्नेमा आफू नरहेको तर, नेपालले आफ्नो प्राथमिकताका आधारमा लामो र सस्तो ब्याजमा ऋण खोज्नु पर्नेमा उनको जोड छ ।
एजेन्ट, व्यापारीहरू र राजनीतिक उद्देश्यले प्रेरित खालका आयोजनामा लगानी गर्दा देशको अर्थतन्त्र धराशायी हुनुका साथै, देशमा आर्थीक अस्थिरता ल्याउने उनको ठहर छ। यसको ज्वलन्त उदाहरणका लागि अफ्रिकी मुलुकलाई हेर्न उनको सुझाव छ । अहिले ती मुलुकहरु ऋण तिर्न नसकेर हायलकायल भएको र देशका खानी बेच्नु पर्ने अवस्थाको सिर्जना भएको स्नरण गरेका छन् । यस्ते, राजनीतिक निर्णय र आर्थिक जाँचपड्ताल नभई आएको ऋणले दुघर्टना निम्त्याउँछ भन्ने यो प्रतिनिधि घटना भएको उनले जनाएका छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...












