सेयर बजारको आकार सवा ४ खर्बले अोरालो लाग्यो
काठमाडाैँ २३, साउन । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ‘बियरिस ट्रेन्ड ’मा गएपछि समग्र बजारको आकार पनि उल्लेख्य घटेको छ । गत आर्थिक वर्षमा नेप्से परिसूचक २३ प्रतिशतले घट्दा बजारको आकार नै २२ प्रतिशतले साँघुरिएको हो ।
सरकारले सेयर बजारमैत्री नीति नल्याएको तथा धितोपत्र बजारमा सेयरको आपूर्ति पनि उल्लेख्य रूपमा बढेपछि बियरिस ट्रेन्ड सुरु भएको हो । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा ४ गुणासम्म पुँजी वृद्धिको नीति लिएपनि सुरुवातमा हकप्रद र बोनस सेयरको लोभमा बढेको सेयर बजार गत वर्ष नै पुँजी पुगेपछि अधिक आपूर्तिका कारण घट्दो क्रममा देखिएको छ ।
सेयर बजारमा धितोपत्र आपूर्ति अधिक भएसँगै सरकारले सेयर बजारलाई अनुत्पादन क्षेत्रको व्यवाहार गरेको भन्दै सेयर लगानीकर्तामा देखिएको त्रासले समग्र बजारलाई नै नकारात्मक असर परेको छ । गत आर्थिक वर्षमा सेयर बजारको आकारमात्र नभइ नेप्सेको औसत दैनिक कारोबार रकममा समेत ४१.५५ प्रतिशतले कमी आएर ५२ करोडमा सीमित भएको छ । असार महिनामा औसत दैनिक कारोबार रकम २०.५६ प्रतिशतले घटेर २७ करोड रुपैयाँमा सीमित रहेको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचकमा कमी आएपछि बजार पुँजीकरण पनि स्वभाविक रुपमा घट्छ । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरण भनेको सेयर बजारमा रहेको कुल सम्पत्तिको एकीकृत आकार हो । नेप्सेमा सूचिकृत सेयरहरूको कुल बजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण मानिन्छ ।
बजार पुँजीकरण घट्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि घाटा भएको नेप्सेका उपप्रबन्धक निरञ्जन फुयाँलले बताए । “बजार पुँजीकरण घट्नु भनेको सेयरधनीको सम्पत्ति घटेको हो,” उनले भने, “नेप्से परिसूचक घटेपछि बजार पुँजीकरण पनि स्वभावैले घट्छ ।” नेपाल राष्ट्र बैंकले कर्जा लिएर लगानी गर्ने लगानीकर्तालाइ निरुत्साहित गरेको हुनाले बजार घटेको हो । बजारको अवस्थालाई पुँजीकरण र परिसूचकले लगानी निर्णय लिन मद्दत गर्छ ।
गत वर्षको अन्तिम दिन नेप्सेको कुल बजार पुँजीकरण १४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो । यो बजार पुँजीकरण अघिल्लो आवको अन्तिम दिनको तुलनामा २२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही दिन नेप्सेको कुल बजार पुँजीकरण १८ खर्ब ५६ अर्ब थियो । त्यसैगरी आर्थिक वर्ष २०७२-७३ को अन्तिम दिन नेप्सेको कुल बजार पुँजीकरण १८ खर्ब ९० अर्ब थियो ।
नयाँ आर्थिक वर्ष सुरु भए पनि पनि निरन्तर घटेको नेप्सेको बजार पुँजीकरणमा पनि कमी आएको छ । गत आर्थिक वर्षको अन्तिम दिनमा १२१२ अंकमा रहेको नेप्से परिसूचक पनि घटेर मंगलबार ११८८ अंकमा झरेको छ । त्यसैगरी बजार पुँजीकरण पनि घटेर १४ खर्ब १३ अर्बमो झरेको छ ।
बजार पुँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्यांकन गर्न सकिन्छ । नेप्से परिसूचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा कमी आएको छ । गत आवमा नेप्सेको औसत दैनिक कारोबार रकम ५२ करोड थियो । तर, अघिल्लो आवमा नेप्सेको औसत दैनिक कारोबार रकम एक अर्ब ७० करोड रुपैयाँ थियो ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











