राशीअनुसार तपाँई को भाग्यरेखा, आजको राशीफल
वि.सं. २०७५ साल साउन २७ गते। आइतबार। इश्वी सन् २०१८ अगस्ट १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– प्रतिपदा, १३:२५ बजेउप्रान्त द्वितीया। नक्षत्र– मघा, २४:२० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– वरियान्, १०:३९ बजेउप्रान्त परिघ। करण– वव, १३:२५ बजेदेखि वालव, २४:१७ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३२ घडी ५५ पला। गुँलाधर्म प्रारम्भ।
प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मंगलवारदेखि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनाले काम बिग्रने डरले सताउन सक्छ।
प्रारम्भमा केही चुनौती देखा पर्नेछन्। हल्लाको पछि लाग्दा केही समस्या पनि हुनेछ। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु परास्त हुनेछन्। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्राको अवसरका साथै आतिथ्यपूर्ण सम्मान पनि
काम बन्नाले आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेको समलाताले विशेष जिम्मेवारी दिलाउनेछ। मंगलवारदेखि परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन समय रहेकाले सजग रहनुपर्ला। तापनि मिहिनेत गर्दा घरमा सुख–समृद्धि प्राप्त हुने समय छ। मनोरञ्जन तथा विलासी मनोवृत्तिले अध्ययनमा भने बाधा पुर्याउन सक्छ। सप्ताहान्तमा जुझारु कार्यशैलीले कर्मक्षेत्रमा लाभ मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् भने शत्रुहरूसमेत नजिकिन सक्छन्।
प्रारम्भमा बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। प्रतिपक्षीहरूले दु:ख दिने हुँदा आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। बिहीवारदेखि परिवारमा असमझदारी देखिने हुँदा काम रोकिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि सप्ताहान्तमा लक्ष्य प्राप्त हुनेछ।
प्रारम्भमा कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। तापनि विभिन्न अवसर प्राप्त भइरहनेछन्। मंगलवार र बुधवार वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्। तापनि साथीभाइको सञ्जाल फराकिलो हुनुका साथै शुभचिन्तकहरूको सहयोगले धेरै रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ। बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ।
प्रारम्भमा घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। मंगलवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। बिहीवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।
सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नुका साथै मनग्गे धनलाभ हुनेछ। मंगलवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मंगलवारदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता पनि दिलाउनेछ। बीचमा आकस्मिक खर्च बढ्नाले परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ। रकम जुटाउन दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा आयआर्जनका क्षेत्रमा केही वादविवाद आउन सक्छ। र सप्ताहान्तमा परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुने देखिन्छ।
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला। सप्ताहान्तमा आम्दानी बढ्नेछ र प्राप्त उपलब्धिले जीवनशैलीमा सुधार
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। बिहीवारदेखि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।
प्रतिस्पर्धामा उत्रनुपरे पनि सुरुमा विभिन्न अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। तापनि बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम बन्नेछ।Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












