सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएरै छाड्छु – गृहमन्त्री थापा
काठमाडाैँ २९, साउन । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका हुन्।
मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको बताए ।
गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानबीनबाट पत्ता लगाइएको भन्दै ३३ किलो सुन तस्करीका लागि गठित छानबीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएको दाबी गरे ।
गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दावी पनि गरे ।
गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिए । उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गरे ।
विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अव त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिईरहेको पनि बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












