पुनर्बिमा कम्पनीका अध्यक्ष महेश गुरागाईको दादागिरी, बिमा कम्पनीहरुलाई सुकाएर पुनर्बिमाको नाफा बढाउँदै
काठमाडाैं ४, भदाै । पुनर्बिमा कम्पनीका अध्यक्ष महेश गुरागाईले बिमा कम्पनीहरुलाई धरासयी बनाई पुर्नबिमा कम्पनीलाई पोस्ने नीति अघि सारेका छन् । कम्पनीहरुलाई जबरजस्ती आफनो व्यवसायको २० प्रतिशत हिस्सा पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरेपछि बिमा कम्पनीहरु धरासयी बन्ने भएका छन् भने पुर्नबिमा कम्पनीलाई बसी बसी व्यवसाय प्राप्त हुने भएको छ ।
जसअनुसार नेपाली बिमा कम्पनीहरुले आफुले बहन गर्न नसक्ने जोखिम पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने हो । तर, पुनर्बिमाका अध्यक्ष गुरागाईले अर्थमन्त्रालयलाई प्रभाव पारेर बिमा कम्पनीहरुलाई आफनो व्यवसायको २० प्रतिशत पुनर्बिमा कम्पनीलाई दिनु पर्ने बाध्यकारी निर्देशन जारी गर्न लगाएका छन् । उक्त निर्देशन अनुसार कम्पनीहरुले आफुले पाएको व्यवसायको २० प्रतिशत पहिला पुनर्बिमा कम्पनीलाई छुटटाउनु पर्नेछ । र बाँकी रहेको ८० प्रतिशत व्यवसायबाट आफुले धारणा गर्न सक्न जोखिम राखेर बाँकी पुर्नबिमा गराउँन सक्नेछन् ।
बिमा कम्पनीहरूले आफूले बहन गर्नसक्ने भन्दा बढी दायित्व भएमा अर्को कम्पनीमा पुनः बिमा गर्दछन् । जसलाई नै पुनर्बिमा भनिन्छ । वित्तीय संकटबाट सुरक्षित हुन बिमा कम्पनीहरूले पनि पुनर्बिमा गर्नुपर्ने प्रावधान छ । कम्पनीहरूले ब्रोकर र सिधै कम्पनीसँगै नै सम्झौता गरी पुनर्बिमा गर्न सक्ने व्यवस्था छ ।
तर, नेपालमा राजनीतिक फेवरमा परेर कतिपय कामहरु गरिन्छन जसले कुनै कम्पनी तथा वित्तियसंस्थाको भविष्य नै धरापमा पर्न सक्छ । यसको ज्वलन्त उदाहरणका रुपमा देखा परेको छ पुनर्बिमा प्रणाली ।
के छ ऐनमा ?
बिमा ऐन २०४९ को दफा २ (ज) का अनुसार पुनर्बिमा व्यवसाय भन्नाले बीमकले जोखिम धारण गर्ने अंशभन्दा बढी अंशको पुनः बिमा गर्ने व्यवसाय सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै, ऐनकै दफा २८ मा पुनर्बीमा गराउनु पर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बांकी रहेको जोखिमको पुनर्बिमा समितिले तोके बमोजिम गराउनु पर्नेछ भन्ने व्यवस्था गरिएको छ । त्यस्तै, बिमा नियमावली २०४९ नियम ६ मा पुनर्बिमा व्यवसायको व्यवस्था गरिएको छ । जसमा बिमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउन सक्नेछ भन्ने व्यवस्था गरिएको छ ।
तर, ऐनमा गरिएको व्यवस्थालाई मिचेर चालु आवको बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले बिमा कम्पनीहरुले २० प्रतिशत हिस्सा नेपाल कै पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गर्यो । सोही आधारमा मन्त्रालयले गत असार २० गते पत्राचार गरी बिमा लेखमा उल्लेखित बीमांकको २० प्रतिशत नेपाल पुनर्बिमा कम्पनीलाई अनिवार्य रुपमा दिने निर्देशन दियो ।
नेपाल पुनर्बिमाले बीमा गर्ने कि पुनर्बिमा गर्ने ?
बिमा ऐन र नियमावलीमा गरिएको व्याख्या अनुसार पुनर्बिमा कम्पनीले बीमा कम्पनीहरुले धारणा गर्न नसक्ने जोखिम पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्ने हो । अर्थात् पुनर्बिमा कम्पनी भनेको बिमा कम्पनीहरुलाई बढी भएको जोखिम सेयर गर्ने कम्पनी हो । तर, पुनर्बिमा कम्पनीका अध्यक्ष गुरागाईले जबरजस्ती बिमा कम्पनीहरुको व्यवसाय खोस्न खोजेका छन् । जुन अन्तराष्टिय अभ्यास विपरित पनि हो ।
किन भयो यस्तो ?
भर्खरै स्थापना भएको पुनर्बिमा कम्पनीलाई अहिले नाफा कमाउँने चटारो छ । अझ कम्पनीलाई भन्दा पनि अध्यक्ष गुरागाईलाई नाफा आर्जन गर्न हतार छ । उनलाई कम्पनीले राम्रो व्यवसाय गरेका देखाएर आफु सपलल भएको देखाउँन उत्तिकै हतारो पनि छ । त्यसमा पनि अध्यक्ष गुरागाई र अर्थमन्त्री डा.युवराज खतिवडा बिच मित्रताको सम्बन्ध छ । गुरागाईले त्यसैको फाईदा उठाउँदै मन्त्रीलाई प्रभाव पारी बजेट भाषणमा नै २० प्रतिशत हिस्सा नेपालीपुनर्बिमा कम्पनीलाई दिने व्यवस्था गर्न लगाएका हुन् । अघिल्लो आवमा पनि गुरागाईरले ३० प्रतिशत पुनर्बिमा नेपालमा नै अनिवार्य गर्न मन्त्रालयमा लबिगं गरेका थिए । जुन सम्भव भएन । तर, अर्थमन्त्री खडीवडासँग उनको राम्रो सम्बन्ध भएकै कारण यो व्यवस्था लागू गर्न उनी सफल भएका हुन् ।
त्यस्तै अध्यक्ष गुरागाईले अहिले बिमा समितिको अध्यक्ष पद ताकि रहेका छन् । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र अर्थमन्त्री बिच तालमेल नमिल्दा उनलाई हटाउँने प्रयास भइरहेको छ । र उनी समितिको अध्यक्ष पदका लागी दौडधुप गरीरहेका छन् । स्रोत अनुसार पुनर्बिमा कम्पनीमा आफु सफल भएको देखाएर उनी समितिको अध्यक्ष पद खाने दाउँमा छन् ।
त्यति मात्रै हैन पुर्नबिमा कम्पनीमा सरकार, बिमा कम्पनीहरु लगायत बिशाल समूह लगाएत को पनि लगानी छ । अध्यक्ष गुरागाई कम्पनीहरुलाई चुसेर ति व्यवसायीहलाई पोस्नका लागी पनि हतार गरिरहेका छन् ।
यसको असर के ?
पुनर्बिमा कम्पनीको आफनो निर्णय कम्पनीहरुलाई लादनु भनेको उसको दादागिरी हो । जसको कारण कम्पनीहरुको आम्दानी स्वत घट्ने भएको छ भने पुनर्बिमा कम्पनीको आम्दानी बढ्ने भएको छ । उक्त व्यवस्था अनुसार कम्पनीहरुले सानो भन्दा सानो बिमा पनि पुनर्बिमा कम्पनीलाई बाड्नुपर्ने भएको छ । जस्तै, यदि बिमा कम्पनीहरुले १ हजार रुपैयाँ एउटा बिमा गर्छन् भने पनि त्यसको २० प्रतिशत पहिला पुनर्बिमा कम्पनीलाई दिनुपर्नेछ । बाँकी रहेको ८० प्रतिशतमध्ये कम्पनीले आफुले धारणा गर्न सक्ने जोखिम राखेर बाँकी बल्ल पुनर्बिमा गर्नुपर्नेछ । अर्थात् यदी कम्पनीले आफैले जोखिम धारणा गर्न सक्ने क्षमता छ भने पनि उसले धारणा गर्न पाउँदैन । जबरजस्ती पुनर्बिमा कम्पनीलाई बिमा सेयर गर्नुपर्नेछ ।
के अब विदेशीने मुद्रा रोकिन्छ त ?
पुनर्बिमा कम्पनीले बारम्बार विदेशी रकम देश भित्र नै रोकिने भन्दै नेपाल पुनर्बिमा कम्पनीमा नै पुनर्बिमा गर्नुपर्ने नारा रटेका छन् त ? तर, यो भ्रम मात्र हो । यो व्यवस्था रकम रोकिने भन्दा पनि विदेशीने क्रम बढ्नेछ । सामान्यतया कुल बिमा बिमाशुल्कको ४०% रकम जति बिमा कम्पनीहरु स्वयंले धारण गर्न सक्छन् । बाँकी ६०% मात्रै पुनर्बिमा गर्छन् । तर, अब कम्पनीहरुले आफनो व्यवसायको हिस्सा पुनर्बिमा कम्पनीलाई बाड्नु पर्ने भएपछि पुनर्बिमा कम्पनीमा ठूलो हिस्सा जान्छ । उक्त हिस्सामा पुनर्बिमा कम्पनीको खुद धारणा गर्ने क्षमता भने बढ्ने छैन । त्यसैले अब झन् विदेशी रकम बढ्नेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












