निर्मलाको बलात्कारपछि हत्या गरे,साइकलको चेन बनाइदिने दिलिप सिंहले
भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या
काठमाडाैं ५, भदाै । गत साउन १० गते १३ वर्षीया निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथी आँचल बमको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। आँचलको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ।
साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन्। दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन्। साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन्। साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो। उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो। निर्मला कतै भेटिइनन्।
घर परिवारमा हल्ला हुँदा निर्मलाको बलात्कारपछि हत्या भइसकेको थियो।
साथीको घरबाट फर्कने क्रममा निर्मलाको साइकलको चेन बिग्रियो। उनी चेन बनाउन लागिन्। त्यतिकैमा ४१ वर्षीय दिलिप सिंह विष्ट आइपुगे। विष्टले निर्मलाको साइकलको चेन बनाउन लागे। उनले पहिले कहिले विष्टलाई देखेकी थिइनन्। विष्टले देउताको होइन दानव रुप देखाए।
एकान्तको फाइदा उठाउँदै उनले निर्मलालाई बलात्कार गरे। विष्टको कुकर्म यतिमै रोकिएन। उनले निर्मलाको घाँटी थिची हत्या गरे। सोमबार कञ्चनपुर जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको डिएसपी ज्ञानबहादुर सेतीले बताए।
छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्यो। त्यो रात परिवारको लागि सकसमा नै बित्यो। बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो। बिहानै एउटा दुःखद खबर बन्यो। निर्मलाको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटिएको थियो।
उनको शरीरमा चोट लागेको थियो। शरीर अर्धनग्न अवस्थामा थियो।
विष्ट जेल परेर छुटेका व्यक्ति समेत हुन्। दश वर्ष अगाडि आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा उनले जेल सजाय भोगेका थिए।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











