आखिर को हुन् वायुसेवा निगम डुवाउने खेलमा पर्दा पछाडीका खेलाडी, आन्तरिकतर्फ ९ मध्ये ७ विमान ग्राउन्डेड
काठमाडाैं ८, भदाै । नेपाल एयरलाइन्सका विमानले उडान भर्नका लागि गन्तव्य नपाउनु त सामान्य जस्तै बनिसकेको छ तर, आन्तरिक उडानमा प्रयोग हुने जहाज समेत ग्राउन्डेड गराएर विमान थन्क्याउनाले सरकारी सम्पत्तिमाथी चलेको ब्रम्हलुटको पर्दाफास भएको छ ।
यतिबेला आन्तरिक उडानमा प्रयोग हुने निगमका ९ जहाजमध्ये ७ वटा ग्राउन्डेड भएका छन् । यता नीजि कम्पनीका जहाजहरु भने दुर्गममा उडान भर्नै मान्दैनन् । दुर्गममा जाँदा घाटा हुने र जहाजको आयु समेत घट्ने भन्दै उनीहरु सेवामुखि हुनुको सट्टा नाफामुखि बन्दै गएको कुरा नकार्नै सकिन्न ।
भर्खरै मात्रै नेकपाका एकजना अध्यक्ष प्रचण्डले नीजि कम्पनीलाई मनग्य नाफा कमाउन छुट रहेको अभिव्यक्ति दिइसकेका छन् । यसले के पुष्टि गर्छ भने सरकार र सत्तारुढ दल नीजि कम्पनीका जहाजलाई पोस्ने दाउमा छ ।
निगमका जहाज ग्राउन्डेड भएको लामो समयसम्म संचालनमा नआउनुले नीजि विमान कम्पनीले निगमका कर्मचारी देखि मन्त्रीसम्मलाई कसरी मिलाइरहेका छन् भन्ने कुरा छर्लङ्गै छ । अहिले चीनबाट भित्र्याइएका जहाज सेतो हात्ति जस्तै भएको भनेर निगमका कर्मचारी आफू पन्छिने बाटो खोज्न थालेका छन् ।
यता, ट्राभल एजेन्सीहरु टिकट काट्दा समेत निगमका जहाजको टिकट बुकिङ गर्दै अन्तिम आवरमा बुकिङ क्यान्सील गराएर निगमलाई टाट पल्टाउने खेलमा लागेको कुरा समेत बाहिर आइसकेको छ । यस्तो भयावह अवस्थामा नीजि विमान कम्पनीले ट्राभल एजेन्सीलाई सिमित मात्रामा कमिशन दिएर निगमका टिकट अग्रिम बुकिङका नाममा सिस्टममा बुकिङ भएको देखिने गरि सिट फुल भएको देखाइदिन्छन् ।
जबसम्म नीजि विमान कम्पनीका विमानको सिट फुल हुँदैन तवसम्म निगमका विमानको टिकट बुकिङ नै हुन्छन् । तर, निमका कर्मचारीलाई यो कुरा थाहा नभएको भने पक्कै होइन । निगमका कर्मचारीका नाममा समेत केहि प्रतिशत कमिशन आउने भएपछि उनीहरु आनन्दले बसेर यता सरकारको तलव सुविधा उपयोग गर्छन भने उता नीजि विमान कम्पनिबाट समेत लाभ लिइरहेका छन् ।
नागरिक उड्डयन तथा पर्टन मन्त्रालय भने निर्देशन दिएको जस्तो गर्छ अनि त्यहि रात काठमाडाैंका तारे होटेलमा बसेर नीजि विमान कम्पनीका मालिकसंग घनिभूत छलपल गरेर उनीहरुलाई कसैगरि बचाउ गर्ने भन्दै निस्किन्छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केहि दिन पहिले निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई प्रश्न गर्दै जहाज ग्राउन्डेड किन भए भनेर थर्काए तर, उनले यो भनेनन् कि काममा लाग्नुस, निश्चित समयसिमा भित्र जहाज नियमित उडानमा लैजानुस् नत्र भने निगममा नेतृत्व परिवर्तन हुनेछ । मन्त्रीले यति भन्न नसक्नुमा धेरै कारण छन् । जसका बारेमा भन्दा मानिसको मनमा ढ्याङ्ग्रो ठोकिने पक्का छ ।
निगमलाई टाट पल्टाउन उद्वत रहेका प्रत्येक मानिसबाट चुनाव खर्च असुल्ने तयारी गरेका उनले यसरी भन्न सक्ने कुरै छैन, बरु नयाँ विमान थप्ने नाममा करोडाैंको रकममा चलखेल गर्न बार्गेनिङ चल्छ । ‘तँ हान म रोए जस्तो गर्छु’ भने जस्तै निगमका महाप्रवन्धक कंसाकारलाई हकारेको जस्तो गरेर मिडिया बाजी गर्दै जनताको मनमा आशा जगाएर भित्रभित्रै खेल्ने काममा मन्त्री लगायतको टिम निपुण रहेको निगमका एक कर्मचारीले नाम नबताउने सर्तमा जनाए ।
उनका अनुसार प्रत्येक बैठकमा उठेका प्रश्नहरुको जवाफ भन्दा तानाखिचि जस्तो गराएर गोलमोटल अवस्थामा बैठक सक्काउने र काम गर्ने तदारुकताको साटो षडयन्त्र रच्ने काम हुने गरेको छ ।
काठमाडाैमको ठमेलस्थित एक ट्राभल एजेन्सिका अनुसार नीजि विमान कम्पनीले दिने कमिशनका कारण निगमको व्यापार नाफामा जान नसकेको हो । टिकेटिङका आधारमा नीजि विमान कम्पनीले विभिनन्न अफरहरु दिने र कमिशन त झनै पारदर्शी हुनाले उनी आफू पनि यस्ता काम गर्नेबारे स्विकार्छन् ।
थला परेको निगमलाई नयाँ नेतृत्व दिएर हुन्छ या पारदर्शी ढंगले काममा लगायर हुन्छ निगमका जहाज नियमित उडानमा लाने व्यवस्था गरे मात्रै पनि निगमले आर्थीक बोझ धेरै बहन गर्न नपर्ने तर्क विज्ञहरुको छ तर, यसका लागि रानजीतिक नेतृत्व नै तयार नभएका कारण हाम्रो जस्तो देशमा संभव नभएको उनीहरुले जनाउदै आएका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











