वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड
काठमाडाैँ १९,भदाै । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेकोे छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।
यसरी जम्मा भएको रकममध्ये कामदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत वर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो । यसरी हेर्दा गत वर्षसम्म कोषमा खर्च कटाएर ५ अर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ । अघिल्लो वर्ष कोषमा ४ अर्ब २० करोड मौज्दात थियो । रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रूपमा बुझाउनुपर्ने रकम जम्मा भएर ६ वर्षमा ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । वैदेशिक रोजगारीमा जाने युवाले ३ वर्षसम्मको श्रम स्वीकृति लिँदा १ हजार ५ सय र ३ वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि २ हजार ५ सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा पर्ने नियम रहेको छ ।
आर्थिक वर्ष २०६८-२०६९ देखि २०७४-२०७५ सम्म विदेश जाने युवाले कोषमा जम्मा गरेको कुल रकम ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ जम्मा गरिसकेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी अधिकृत पवित्रा घिमिरेले बताइन् । बिगत ५ वर्षदेखि कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा र अधिकारका लागि मात्र लगभग २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका युवाको सुरक्षा, व्यवस्थान र व्यवसायलाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०६८-६९ देखि २०७३-२०७४ सम्ममात्र २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । गत वर्षमा मात्र बोर्डले कामदारको कल्याणकारी कामका लागि ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँ खर्च गरेको थियो । बोर्डको अधिकांश कार्यक्रम कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट नै खर्च गरिन्छ । । यो रकमले कामदारको उद्दार, क्षतिपूर्ति, उपचार, तालिम र प्रबद्र्धनको काम गर्नुपर्ने बोर्डले जनाएको छ । यो रकममध्ये वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी कार्य, उद्धार एवं सामाजिक सुरक्षाका लागिमात्र ८० प्रतिशतभन्दा बढी बजेट खर्च हुने गरेको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषमा वैदेशिक रोजगारमा जानु अगाडि सरकारले तोके वमोजिमको रकम कोषमा जम्मा गर्नु पर्ने नियम छ । यो कोषको प्रयोग वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारवाट फर्कि आएका कामदारका परिवारको शैक्षिक विकास गर्न, वैदेशिक रोजगारमा गएका कामदारका परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्न, वैदेशिक रोजगारमा गएका महिला कामदारको वालवच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र संचालन गर्नेलगायतका कार्यमा खर्च गरिनेछ ।
वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले विशेषगरी वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च र विदेशमा अलपत्र परेकाको शव ल्याउन कोषको धेरै रकम खर्च हुने गरेको छ । यसैगरी, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्न पनि धेरै पैसा खर्च गर्ने गरेको छ । हालै बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र गम्भीर रोग लागेका कामदारले पाउने राहत रकम ३ लाखबाट वृद्धि गरेर ७ लाख पु-याएसँगै आगामी वर्ष कोषको व्ययभार पनि थपिने भएको छ । कोषले हाल वैदेशिक रोजगारीमा गएका कामदारको सामाजिक सुरक्षका लागि १७ वटा सेवा सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












