समृद्दिको लक्ष्य हासिल गर्न सरकारले ‘आयोजना बैंक’ निर्माण गर्दै
काठमाडौं २४,भदाै । सरकारले सरकारले आर्थिक संकटबाट बच्न र विकासको लक्ष्य हासिल गर्न ‘आयोजना बैंक’ निर्माण गर्ने भएको छ । त्यसका लागि राष्ट्रिय योजना अयोगले आर्थिक पूर्व सावधानी प्रणालीको ढाँचा र अवधारणा तयार गरिसकेको आयोगका सचिव लक्ष्मण अर्यालले बताएका छन् ।
उनका अनुसार सरकारले मागेको इनोभेसन प्रोजेक्टको रुपमा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आर्थिक पूर्व सावधानी प्रणाली र आयोजना बैंकलाई प्रस्तुत गरिसकेको छ । यसले वास्तविक क्षेत्रको लगानी र उत्पादन कस्तो छ, त्यसको फाइदा र बेफाइदाको बारेमा विश्लेषण गरेर आर्थिक संकट हुनबाट जोगाउने आयोगले जनाएको छ ।
यस्तै आर्थिक पूर्वसावधानी प्रणालीले देशको मौद्रिक अवस्था, मूद्रास्फिती, पुँजी बजार, बीमा, बैंकिङ लगायतको सूचकको आधारमा देशको आर्थिक अवस्थाको विश्लेषण पनि गर्नेछ ।
यस्तै आयोगले लगानी योग्य आयोजना छनौट गर्न आयोजना बैंक निर्माण कार्य शुरु गरेको बताएको छ ।
आइतबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै आयोगका सचिव अर्यालले आयोजना बैंक नहुँदा जस्तो पायो त्यस्तो आयोजनाको लागि बजेट छुटइएको र न्युन गुणस्तर र खर्च बढी हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न बैंकको निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । सो बैंक राष्ट्रिय योजना आयोग अन्र्तगत रहनेछ ।
बैंकले विषय क्षेत्रगत मन्त्रालय, निकाय, लगानी बोर्ड, प्रदेश योजना आयोग र नीजि क्षेत्रसँग समन्वय गरेर आयोजना छनौट गर्नेछ । आयोजना कार्यान्वयनको मोडल निर्धारण सरकार, नीजि क्षेत्र, सार्वजनिक नीजि साझेदारी मार्फत हुनेछ ।
कुन आयोजनामा सरकारले कति लगानी गर्ने, नीजि क्षेत्रले कति लगानी गर्ने भनेर आयोजना कार्यान्वयनको मोडल तयार गरिने पनिसचिव अर्यालले जनाए । बैंक नहुँदा आयोजनामा देखिएको सुशासनको समस्या पनि हल हुने आयोगको विश्वास छ ।
बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नै पालामा आयोजना बैंकको अवधारण आएको र यो चाडै निर्माण गर्नुपर्ने आवाश्यकता औल्याए । राजनीतिक पहुँचका आधारमा बजेट छुट्याइने परम्पराको यसले अन्त्य गर्ने बताउँदै उनले आयोजना बैंकलाई फेसनको रुपमा प्रयोग नगर्न सचेत गराए ।
उनले भने, ‘एउटा मन्त्री हुँदा ५ वटा आयोजनाको जिम्मा सो बैंकलाई दिने र अर्को मन्त्री आउने वित्तिकै म चाहीँ के कम भन्दै एकै पटक २५ वटा थप गर्दिने हो भने बैंकले प्रभावकारी रुपमा काम गर्न सक्दैन र फेसनको रुपमा मौलाउने छ । तर त्यस्तो नहोस् । आयोजना छनौट गर्दा प्राथमिकताका आधारमा गरियोस ।’
आयोजनाको निर्माण जिम्मा कुनै कम्पनीलाई दिइँदैछ भने लागत भन्दा पनि कति छिटो काम गर्न सक्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने उनले बताए ।
उनले भने, ‘४० बर्ष लगाएर सम्पन्न गर्ने कामलाई दोब्बर खर्चमा ४ वर्षमा सम्पन्न गर्छ भने सोही कम्पनीलाई दिनुपर्छ । सस्तो काम गर्नेलाई भन्दा छिटो गर्नेलाई प्राथमिकता दिनुपर्छ ।’
आयोजना बैंक निर्माण हुँदा दु्रत आर्थिक विकासमा सहयोग पुग्ने आयोगको विश्वास छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












