निर्मला प्रकरणः छानविन समितिका सदस्यको राजीनामाले समिति कै नियतमाथी शंका, समातिएलान त दोषी ?
राजनीति छानबिन समितिबाट केसीले राजीनामा दिँदै भने– निर्मलालाई न्याय दिन सकिनँ, मेरै ज्यान जोखिममा पर्यो
काठमाडौ २५ भदाै ,१३ वर्षीय बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित समितिमा असन्तुष्टी देखिएको छ। छानबिन समितिका एक सदस्यले छानबिनबारे थप भएको समयमा असन्तुष्टि जनाएका छन्। समितिको छानबिन समय सकिएर गृहमन्त्रालयलाई प्रतिवेदन बुझाउने समयमा उपसचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गरेका हुन्।उनी सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हुन्।
सरकारले घटनाको अनुसन्धान गर्ने आइतवार १५ दिन म्याद थप गरेको छ। म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका छन्। केसीले भने,’ म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो। अब म समितिमा बसेर काम गर्दिनँ।’ केसीले समितिको छानविनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको बताए।
भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। कञ्चनपुरमा अनुसन्धान गरिसकेको टोलीले सोमवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाउने कार्यक्रम थियो। समय थप गर्दा अनुसन्धानमा जटिलता आउने र हत्यारा भाग्न सक्ने भएकाले म्याद थप गर्न नमिल्ने केसी बताउँछन्। ‘म्याद थप गर्नु हुँदैन थियो। म्याद थप गर्दा अपराधी पक्राउ गर्न समस्या हुन्छ। हत्यारा भाग्ने खतरा बढ्न सक्छ।’
समितिले शुक्रवार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धानमा त्रुटि देखिएको औँल्याएको थियो। संयोजक मैनालीले अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको बताएका थिए।
केसीले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाएका छन् । उनले भने, “निर्मलाको न्यायका लागिनै मैले राजीनामा दिएको हुँ । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो । अब म समितिमा बसेर काम गर्दिनँ ।”
केसीले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सस्यीय उच्चस्तरीय छानविन समितिको छानबिनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको स्पष्ट पारे ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











