निर्मला हत्या प्रकरण: ‘झुटो’ अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारवाहीको तयारी, एसएसपीको नेतृत्वमा समिति गठन
काठमाडाैँ २७,भदाै । प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको हो ।
प्रहरी स्रोतका अनुसार भदौ १४ गते नै प्रहरी अधिकारीमाथि छानबिन र कारवाही सिफारिसका लागि एसएसपी उत्तमकुमार सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् भने अन्य प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान जारी छ । प्रहरी स्रोतका अनुसार अनुसन्धानमा दिलिप विष्टलाई नै मुख्य अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा सिआइबीका डिएसपी अंगुर जिसीको पनि संलग्नता पाइएपछि उनलाई पनि निलम्बन गर्ने वा अन्य कारवाही गर्नेबारे छलफल भइरहेको छ । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीले जिसीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको थियो ।
यस्तै, कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत अन्य केही जुनियर अधिकृतको पनि कमजोरी रहेको प्रहरीले औंल्याएको छ । निर्मला हत्याको आरोपमा २४ दिनपछि प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्त नगरपालिका– १९ का दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा भदौ ४ गते सार्वजनिक गरेको थियो । तर, निर्मलाको शरीरमा भेटिएको प्रमाणको डिएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी मंगलबार साधारण तारेखमा रिहा भएका छन् ।
विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरिएपछि स्थानीयले वास्तविक हत्यारा लुकाउन प्रहरी लागिपरेको भन्दै आन्दोलन गरेका थिए । चर्कंदै गएको आन्दोलनमा तत्कालीन प्रहरी र पछि गएका एसपी कुवेरसिंह कडायतको टोलीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो । घटनामा अन्य १२ जना घाइते भएका थिए । यसअघि प्रहरीले दिलिपलाई डिएनए र अन्य स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याएको थियो । स्थानीयले निर्मला हत्याकाण्डमा नक्कली अभियुक्त खडा गर्ने कार्यमा संलग्न प्रहरी अधिकारीलाई कारवाहीको माग गर्दै आएका छन् । दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो सावित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ ।
प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘‘कञ्चनपुर घटनालाई हामीले गम्भीर रुपमै लिएका छौं । केही पात्र खराब भए पनि संगठन कानुनप्रति प्रतिवद्ध छ । निर्मलाका हत्यारा पत्ता लगाएरै छोड्छौं ।’’ प्रहरी अधिकारीको भूमिकामाथि प्रश्न उठेपछि आन्तरिक छानविन भइरहेको पनि उनले बताए । यसअघि मंगलबार साँझ गृह मन्त्रालयमा बसेको गृहमन्त्री, सचिव, आईजीपीलगायत उच्च अधिकारी सहभागी बैठकले पनि अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानबिन गर्ने निर्णय गरेको छ ।
यसअघि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पनि निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका गैरजिम्मेवार देखिएको निष्कर्ष निकालिसकेको छ । छानबिनका क्रममा दोषी देखिए प्रहरी अधिकारीमाथि विभागीयदेखि अन्य कानुनी कारवाही पनि हुनसक्ने प्रहरी प्रवक्ता क्षेत्री बताउँछन् ।
गत साउन १० गते घरबाट साथीको घर गएकी निर्मला ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । निर्मलाका आमाबुबा अहिले काठमाडौंमा छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिन राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, विपक्षी दलका नेतालगायतलाई भेट्ने योजना बनाएका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











