काठमाडौँ घोषणापत्र पारित गर्दे २७ औं नेपाल महिला कानून व्यवसायी सम्मेलन सम्पन्न
सरस्वती पाण्डे/काठमाडौँ । “संविधान कार्यान्वयनको प्रभावकारीताः आर्थिक,सामाजिक र साँस्कृतिक क्षेत्रको रूपान्तरणमा महिला सहभागिता” भन्ने मूल नाराका साथ २७औं नेपाल महिला कानून व्यवसायी सम्मेलन सम्पन्न भएको छ ।
यही असोज ५र ६ गते नेपाल बार एशोसिएशन काठमाडौँकी उपाध्यक्ष वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको अध्यक्षतामा महेन्द्र पुलिस क्लबमा सम्पन्न भएको हो ।
नेपाल बार एशोसिएशनले हरेक वर्ष कानून व्यवसायी महिला सम्मेलन गर्दै आएको छ । ७७ ओटै जिल्लाका महिला कानून व्यवसायीहरूको उपस्थितीका साथ बर्षै पिच्छे गरिने यस सम्मेलन महिला कानून व्यवसायीहरूको लागि महत्त्वपूर्ण पर्वको रूपमा लिन सकिन्छ।
कार्यक्रममा उपसभामुख शिवमाया तुम्वाहाम्फे, वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगाना, नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर के.सी सहित विभिन्न विशिष्ठ व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।
नेपाल बार एशोसिएशनले आफ्नो स्थापना कालदेखि नै उठाउँदै आएको मानव अधिकार, कानून शासन,स्वच्छ, विष्पक्ष र स्वतन्त्र न्यायपालिका तथा लैंगिक न्यायको आधारभुत मान्यताप्रति कटिबद्ध हुँदै आएको छ ।
संविधानले प्रत्याभूत गरेका हक अधिकारहरूलाई बास्तविक कार्यान्वयन गर्नुपर्ने आवश्यकताको महसुस गर्दै १९ जनाको घोषणापत्र तयार समितिले १८ बुँदे काठमाडौं घोषणापत्र समेत पारित गरेको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












