प्राविधिक शिक्षा तर्फ सरकारको ध्यानः मन्त्री पोखरेल
काठमान्डैा ८, असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् ।
खामतेल विकास मञ्चको दोस्रो अधिवेशनमा सोमबार काठमाडौंमा मन्त्री पोखरेलले खामतेल विकास मञ्चलाई पनि प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । खोटाङको खामतेलसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी समाजसेवा गरीरहेको सुन्न पाउँदा खुसी लागेको बताए ।
खामतेल विकास मञ्च खोटाङ जिल्लाको खाम्तेल भन्ने गाउँमा जन्मेर काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको संस्था हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो हुन नहुने बताए ।
‘हिजो शिक्षा र स्वास्थ्य जस्ता अतिआवश्यक सुविधा नपाएर बसाइ जानैपर्ने बाध्यता थियो’ सांसद भट्टराईले भने, ‘यस्ता सुविधा अब गाउँगाउँमा पुग्दैछन्, सामान्य सुविधाकै कारण बसाइ सर्ने वातावरणको अन्त्य गरिनुपर्छ ।’
प्रदेश सांसदसहित चार सम्मानित
मञ्चले प्रदेश एकका प्रदेशसभा सदस्य एकराज कार्की, मुख्य न्यायाधीवक्ता चुणामणि आचार्य, नेपाल राष्ट्र बैंकका डा. भागवत आचार्य र खेलाडी दिनेश सुनारलाई सम्मान गरेको छ ।
सांसद कार्की र मुख्य न्यायाधीवक्ता आचार्य खाम्तेलमा जन्मेर मुलुककै उच्च ओहदामा पुगेको भन्दै सम्मान गरिएको हो भने डा. आचार्यलाई खाम्तेलकै पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएका कारण मञ्चले सम्मान गरेको हो ।
डा. आचार्यले नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । यसैगरी खेलाडी सुनारले खेलकै माध्यमबाट गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाएका कारण सम्मान गरिएको हो ।
नयाँ कार्यसमिति चयन
मञ्चको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले डा. भागवत आचार्यको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति उपाध्यक्षमा सिता भट्टराई, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर कार्की र सदस्यहरुमा हेमराज कार्की, उद्धव कार्की, अनिश कार्की र लक्ष्मीप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन भएका हुन् । मञ्चले थप ३ सदस्य भने मनोनित गर्ने भएको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












