प्राविधिक शिक्षा तर्फ सरकारको ध्यानः मन्त्री पोखरेल
काठमान्डैा ८, असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् ।
खामतेल विकास मञ्चको दोस्रो अधिवेशनमा सोमबार काठमाडौंमा मन्त्री पोखरेलले खामतेल विकास मञ्चलाई पनि प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । खोटाङको खामतेलसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी समाजसेवा गरीरहेको सुन्न पाउँदा खुसी लागेको बताए ।
खामतेल विकास मञ्च खोटाङ जिल्लाको खाम्तेल भन्ने गाउँमा जन्मेर काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको संस्था हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो हुन नहुने बताए ।
‘हिजो शिक्षा र स्वास्थ्य जस्ता अतिआवश्यक सुविधा नपाएर बसाइ जानैपर्ने बाध्यता थियो’ सांसद भट्टराईले भने, ‘यस्ता सुविधा अब गाउँगाउँमा पुग्दैछन्, सामान्य सुविधाकै कारण बसाइ सर्ने वातावरणको अन्त्य गरिनुपर्छ ।’
प्रदेश सांसदसहित चार सम्मानित
मञ्चले प्रदेश एकका प्रदेशसभा सदस्य एकराज कार्की, मुख्य न्यायाधीवक्ता चुणामणि आचार्य, नेपाल राष्ट्र बैंकका डा. भागवत आचार्य र खेलाडी दिनेश सुनारलाई सम्मान गरेको छ ।
सांसद कार्की र मुख्य न्यायाधीवक्ता आचार्य खाम्तेलमा जन्मेर मुलुककै उच्च ओहदामा पुगेको भन्दै सम्मान गरिएको हो भने डा. आचार्यलाई खाम्तेलकै पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएका कारण मञ्चले सम्मान गरेको हो ।
डा. आचार्यले नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । यसैगरी खेलाडी सुनारले खेलकै माध्यमबाट गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाएका कारण सम्मान गरिएको हो ।
नयाँ कार्यसमिति चयन
मञ्चको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले डा. भागवत आचार्यको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति उपाध्यक्षमा सिता भट्टराई, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर कार्की र सदस्यहरुमा हेमराज कार्की, उद्धव कार्की, अनिश कार्की र लक्ष्मीप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन भएका हुन् । मञ्चले थप ३ सदस्य भने मनोनित गर्ने भएको छ ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












