कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टार अख्तियारको फन्दामा
काठमाडौं ११,असोज । सरकारी कागजात कीर्ते गरेर शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि नामक कम्पनी अर्काको नाममा नामसारी गरेको अभियोगमा कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टारलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
बुधबार काठमाडौंको बबहरमहलस्थित फरेष्ट्री कम्प्लेक्स अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उप–रजिष्टार धर्मराज रोकाय र गंगाधार पौडेल रहेका छन् ।
यसअघि सोही किर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई सहायक रजिस्टार सहित ठगीमा संलग्न १२ जनालाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।
कम्पनी रजिष्टारको कार्यालयका कर्मचारीहरुसँगको मिलेमतोमा एक दर्जन बढी व्यक्तिहरु मिलेर शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रा.लिका संचालक राम निरञ्जन जटियालाई कार्यालमा उपस्थित नथगराईकन कम्पनीको स्वामित्व हस्तान्तरण गरेका थिए । बुधबार पक्राउ परेका रोकाय र पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यसअघी केन्द्रिय अनुसन्धान ब्युरोले कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत सहायक रजिष्टारहरु नारायण प्रसाद पोखरेल उमेशमान जोशी सहित १२ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाईएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सानुराम भट्टराईले जानकारी दिएका छन् ।
त्यतिवेला मकवानपुरका राजन प्रसाद लम्साल, काठमाडौंका निरज कुमार मानन्धर, रामेछापका जित बहादुर मगर, मोरङका पुण्य प्रसाद खरेल, काभ्रेका राज कुमार तामाङ, काठमाडौंका हिमाल महर्जन र चिरीबावु महर्जन तथा बाराका अमृत थापा मगर लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
अभियुक्तहरुले शंकर इलेक्ट्रिकल इण्डष्ट्रिज प्रा.लि.को एकमात्र शेयरधनी संचालक एवं अध्यक्ष रहेका भारतीय नागरिक राम निरञ्जन जटियाको घरबाट उक्त कम्पनीको कागजात चोरेर सहीछाप, कागजात र हस्ताक्षर कीर्ते गरेर शेयरधनी संचालक जटियाको नामको सम्पूर्ण शेयर खरिद गरेको भन्दै कम्पनी रजिस्टारको कार्यालयमा निवेदन दिएका थिए ।
कम्पनी रजिस्टारको कार्यालयबाट समेत उनीहरुले जटियाको नाममा रहेको सम्पूर्ण शेयर जटियाकै घरमा १६ बर्षदेखि काम गर्दै आएका रामेछाप सुनापती–१ स्थायी घर भएका जीत बहादुर मगरको नाममा नामसारी गराएर ७० करोड मूल्य बराबरको सम्पत्ति ठगी गर्ने उद्देश्यले नक्कली कागजात बनाएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
ब्युरोले उनिहरुमाथी विद्युत्तीय अपराध, चोरी, ठगी तथा संगठीत अपराध अनुसन्धान मुद्दामा अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
अभियुक्तहरुले जित बहादुर मगर लगायतका ब्यक्तिहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लिको शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष समेत जीत बहादुर मगर हो भनी सोही इण्डष्ट्रिजको नाममा काठमाडौंको बालुवाटारमा रहेको कित्ता नम्बर ४४१, ५०५ र ५४९ को तिन रोपनी जग्गा सहितको घर, सतुंगल–९ को कित्ता नम्बर १२६ को १५ रोपनी जग्गा तथा म्याग्दी र नुवाकोटको जग्गा विक्री गर्ने भन्दै करोडौं बैना समेत लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












