कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टार अख्तियारको फन्दामा
काठमाडौं ११,असोज । सरकारी कागजात कीर्ते गरेर शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि नामक कम्पनी अर्काको नाममा नामसारी गरेको अभियोगमा कम्पनी रजिस्टार कार्यालयका दुई उप–रजिस्टारलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
बुधबार काठमाडौंको बबहरमहलस्थित फरेष्ट्री कम्प्लेक्स अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उप–रजिष्टार धर्मराज रोकाय र गंगाधार पौडेल रहेका छन् ।
यसअघि सोही किर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई सहायक रजिस्टार सहित ठगीमा संलग्न १२ जनालाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।
कम्पनी रजिष्टारको कार्यालयका कर्मचारीहरुसँगको मिलेमतोमा एक दर्जन बढी व्यक्तिहरु मिलेर शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रा.लिका संचालक राम निरञ्जन जटियालाई कार्यालमा उपस्थित नथगराईकन कम्पनीको स्वामित्व हस्तान्तरण गरेका थिए । बुधबार पक्राउ परेका रोकाय र पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यसअघी केन्द्रिय अनुसन्धान ब्युरोले कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत सहायक रजिष्टारहरु नारायण प्रसाद पोखरेल उमेशमान जोशी सहित १२ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाईएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सानुराम भट्टराईले जानकारी दिएका छन् ।
त्यतिवेला मकवानपुरका राजन प्रसाद लम्साल, काठमाडौंका निरज कुमार मानन्धर, रामेछापका जित बहादुर मगर, मोरङका पुण्य प्रसाद खरेल, काभ्रेका राज कुमार तामाङ, काठमाडौंका हिमाल महर्जन र चिरीबावु महर्जन तथा बाराका अमृत थापा मगर लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
अभियुक्तहरुले शंकर इलेक्ट्रिकल इण्डष्ट्रिज प्रा.लि.को एकमात्र शेयरधनी संचालक एवं अध्यक्ष रहेका भारतीय नागरिक राम निरञ्जन जटियाको घरबाट उक्त कम्पनीको कागजात चोरेर सहीछाप, कागजात र हस्ताक्षर कीर्ते गरेर शेयरधनी संचालक जटियाको नामको सम्पूर्ण शेयर खरिद गरेको भन्दै कम्पनी रजिस्टारको कार्यालयमा निवेदन दिएका थिए ।
कम्पनी रजिस्टारको कार्यालयबाट समेत उनीहरुले जटियाको नाममा रहेको सम्पूर्ण शेयर जटियाकै घरमा १६ बर्षदेखि काम गर्दै आएका रामेछाप सुनापती–१ स्थायी घर भएका जीत बहादुर मगरको नाममा नामसारी गराएर ७० करोड मूल्य बराबरको सम्पत्ति ठगी गर्ने उद्देश्यले नक्कली कागजात बनाएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
ब्युरोले उनिहरुमाथी विद्युत्तीय अपराध, चोरी, ठगी तथा संगठीत अपराध अनुसन्धान मुद्दामा अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
अभियुक्तहरुले जित बहादुर मगर लगायतका ब्यक्तिहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लिको शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष समेत जीत बहादुर मगर हो भनी सोही इण्डष्ट्रिजको नाममा काठमाडौंको बालुवाटारमा रहेको कित्ता नम्बर ४४१, ५०५ र ५४९ को तिन रोपनी जग्गा सहितको घर, सतुंगल–९ को कित्ता नम्बर १२६ को १५ रोपनी जग्गा तथा म्याग्दी र नुवाकोटको जग्गा विक्री गर्ने भन्दै करोडौं बैना समेत लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











