कान्छीको दिल्ली यात्रा: जव गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्…
काठमाडाैँ १३,असोज । बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन! फुंग उडेको मुहार! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन। माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी ‐नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन्।
असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो। उतै बसेर अझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन्, ‘फर्काएर के भो म फेरि गइहाल्छु!’ शरीर नेपालमा पुगिसक्दा कान्छीको मन दिल्लीमै थियो ।
मुख दिल्लीतर्फ मोड्न नछाड्दा माइती इन्डिया र प्रहरीले कान्छीलाई अब नेपाल नछाड्न कडा निर्देशन दिनुपरेको थियो। घरपरिवारकै सहयोगमा कान्छी दिल्ली पुगेकी थिइन्। बाबुले समेत रोकेका रहेनछन् कान्छीलाई। उल्टै सहयोगी भूमिका खेलेका रहेछन्।
कहिले विद्यालय नटेकेकी उनले अक्षर चिन्ने र लेख्न जान्ने कुरै भएन। तर, नुवाकोटको दुर्गम गाउँबाट दिल्लीको जिबीरोडस्थित गल्लीको कोठीसम्म पुगेको घटना उतिकै रोचक छ। भूकम्पबाट नुवाकोटस्थित कान्छीको घरसमेत भत्कियो । तीन दिनसम्म भत्किएको घरभित्र पुरिएकी उनकी आमाको जिउँदै उद्धार भयो। काठमाडौंमा उपचारका लागि ल्याउँदा कान्छी साथमा आइन् ।
उपचारका क्रममा पैसाको कमी हुँदै गयो । होटलमा भाँडा माझ्ने काम गर्न थालिन् उनले। मासिक तीन हजार कमाइ हुन्थ्यो । दुई महिनामात्र भएको थियो उनले काम गरेको। कान्छीलाई एकजना महिलाले लोभ्याइन्।
ती महिलाले भारतमा काम गर्दा निकै पैसा कमाइने सुनाइन्। गरिबीले थिचिएकी कान्छी लोभिइन्। परिवारका सदस्यको सहयोगमा २०७२ सालको दसैंअगावै उनी सीमा काटिन। चिनेजानेका चारजना दिदीहरू उनको साथमा थिए। उनीहरूकै साथमा रक्सौलबाट रेल चढेर दिल्लीस्थित जिबी रोड पु-याइयो कान्छीलाई।
यौनकर्मी बन्दा उनी किशोरावस्था पनि टेकेकी थिइनन् । कलिलै उमेरमा उनले जिबी रोडको गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्। कलिली भएकीले दिल्लीको यौनबजारमा उनको माग बढ्यो । विपन्न परिवारकी कान्छीका लागि त्यहाँको कमाइ ठूलै थियो । फर्कंदा उनले कानमा लगाएका सुनका मुन्द्रीले पनि कमाइ झल्कन्थ्यो। लस्करे सुन कानभर लगाएकी कान्छीले कमाइबाट निकै सुन खरिद गरेको सुनाइन्। केही सुन उद्धारका क्रममा प्रहरीले लुकाएको दाबी गरिन्।
उनी दिल्लीको कोठीमा मात्र सीमित भइनन्। मुम्बई र पुनासम्मको यौनबजारमा लगिन्थिन् कान्छी। जिबी रोडमा प्रतिदिन दुईदेखि पाँच हजार भारुसम्मको कमाइ हुने उनले सुनाइन् । दिल्लीबाहिर जाँदा त्योभन्दा बढी कमाइ हुन्थ्यो।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











