निर्मला हत्या प्रकरणः ‘भेजिनल स्वाब’ माथी नै शंका
‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग
काठमाडाैँ १४,असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा विवादित बनेका एसपी डिल्लीराज विष्ट लगायत तीन जनाको डिएनए परीक्षणको रिपोर्ट आएको छ।
एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको परीक्षण रिपोर्ट आएको हो।
रिपोर्ट अनुसार तीनै जनाको डिएनए निर्मलाको ‘भेजिनल स्वाब’ (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन। आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले रिपोर्ट मेल नखाएको बताए। कठायतले भने, ‘तीनै जनाको रिपोर्ट आएको छ। तर, मेल खाएन।’
नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक डा. हरिहर वस्तीसहितको टोलीले डिएनए परीक्षण गरेको थियो।
यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण मिलेको थिएन।
घटनास्थल मुचुल्का तयार पार्दाका क्रममा बरामद गरिएको महत्वपूर्ण प्रमाणका रुपमा लिइने कपडा लगायतका सामाग्री फेला नपरेको गृहमन्त्री रामबहादुर थापाले यसअघि नै बताइसकेका छन्। यस्तै घटनास्थालमा फेला परेको कपडा पखालिएको भिडियो पनि बाहिरिएको थियो।
एसपी विष्टलाई भने निलम्वन गरिएको छ।
‘भेजिनल स्वाब’ सक्कली त हो ?
निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् ।
उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्यो भन्न सकिदैन ।’
आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ ।
‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’
तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् ।
‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।
बाबु यज्ञराजले पनि प्रमाणका रुपमा संकलित ‘भेजिनल स्वाब’ माथि शंका लागेको भन्दै आवश्यक परिक्षण गरेर भए पनि दोषी पत्ता लगाउनुपर्ने बताए ।
उनले भने, ‘हामीलाई जोमाथि शंका थियो, उनीहरुको रिपोर्ट मिलेन भने कसका लागि सबै प्रमाण नष्ट गरेका हुन्, उनीहरुले भन्नुपर्छ ।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











