निर्मला हत्या प्रकरणः ‘भेजिनल स्वाब’ माथी नै शंका
‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग
काठमाडाैँ १४,असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा विवादित बनेका एसपी डिल्लीराज विष्ट लगायत तीन जनाको डिएनए परीक्षणको रिपोर्ट आएको छ।
एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको परीक्षण रिपोर्ट आएको हो।
रिपोर्ट अनुसार तीनै जनाको डिएनए निर्मलाको ‘भेजिनल स्वाब’ (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन। आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले रिपोर्ट मेल नखाएको बताए। कठायतले भने, ‘तीनै जनाको रिपोर्ट आएको छ। तर, मेल खाएन।’
नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक डा. हरिहर वस्तीसहितको टोलीले डिएनए परीक्षण गरेको थियो।
यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण मिलेको थिएन।
घटनास्थल मुचुल्का तयार पार्दाका क्रममा बरामद गरिएको महत्वपूर्ण प्रमाणका रुपमा लिइने कपडा लगायतका सामाग्री फेला नपरेको गृहमन्त्री रामबहादुर थापाले यसअघि नै बताइसकेका छन्। यस्तै घटनास्थालमा फेला परेको कपडा पखालिएको भिडियो पनि बाहिरिएको थियो।
एसपी विष्टलाई भने निलम्वन गरिएको छ।
‘भेजिनल स्वाब’ सक्कली त हो ?
निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् ।
उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्यो भन्न सकिदैन ।’
आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ ।
‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’
तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् ।
‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।
बाबु यज्ञराजले पनि प्रमाणका रुपमा संकलित ‘भेजिनल स्वाब’ माथि शंका लागेको भन्दै आवश्यक परिक्षण गरेर भए पनि दोषी पत्ता लगाउनुपर्ने बताए ।
उनले भने, ‘हामीलाई जोमाथि शंका थियो, उनीहरुको रिपोर्ट मिलेन भने कसका लागि सबै प्रमाण नष्ट गरेका हुन्, उनीहरुले भन्नुपर्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












