ज्योतिष विज्ञानका अनुसार तपाँईको भाग्य रेखा, आजको राशीफल
वि.सं. २०७५ साल असोज १५ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, २६:३४ बजेउप्रान्त अष्टमी।
| मेष – Aries:चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि दाजुभाइमा असमझदारी बढ्न सक्छ। पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। बृष – Taurus:इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। परिस्थिति अनुकूल देखिए पनि काम बिग्रने डरले सताउन सक्छ। भैपरी आउने समस्या समाधान भए पनि जीवनशैली व्यस्त रहनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर, उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। बेसुरको वचनले विवाद निम्त्याउन सक्छ। मिथुन – Gemini:का, कि, कु, घ, ङ, छ, के, को, ह आकस्मिक रूपमा खर्च बढ्नाले मन पिरोलिनेछ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। तर ईर्ष्या गर्नेहरूले काममा समस्या खडा गर्न सक्छन्। कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला। |
| कर्कट – Cancer:हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनाले उत्साह जाग्नेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि आय-आर्जन र धनसंग्रहमा बाधा पुग्नेछ। सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आफन्तबाट भने टाढिनुपर्ने हुन सक्छ। सिंह – Leo:मा, मि, मु, मे, मो, टा, टि, टु, टे पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कन्या – Virgo:टो, प, पि, पु, ष, ण, ठ, पे, पो भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। |
| तुला – Libra:र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि बिस्तारै लाभ उठाउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बृश्चिक – Scorpio:तो, ना, नि, नु, ने, नो, या, यि, यु अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा बुद्धि खर्चनुपरे पनि रमाइलो यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। धनु – Sagittarius:ये, यो, भ, भि, भु, ध, फा, ढ, भे रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथले मन उत्साहित हुनेछ। |
| मकर – Capricorn:भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको चाप बढे पनि बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने हुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। कुम्भ – Aquarius:गु, गे, गो, सा, सि, सु, से, सो, द हतारमा निर्णय लिने बानीले समस्या उब्जाउन सक्छ। काम बिग्रने डरले सताउनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले साथीभाइ टाढिन सक्छन्। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। मिहिनेतले मात्र काम बन्नेछ र नयाँ योजनातर्फ अग्रसर भइनेछ। मीन – Pisces:दि, दु, थ, झ, ञ, दे, दो, च, चि छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। |
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












