ज्योतिष विज्ञानका अनुसार तपाँईको भाग्य रेखा, आजको राशीफल
वि.सं. २०७५ साल असोज १५ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, २६:३४ बजेउप्रान्त अष्टमी।
| मेष – Aries:चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि दाजुभाइमा असमझदारी बढ्न सक्छ। पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। बृष – Taurus:इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। परिस्थिति अनुकूल देखिए पनि काम बिग्रने डरले सताउन सक्छ। भैपरी आउने समस्या समाधान भए पनि जीवनशैली व्यस्त रहनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर, उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। बेसुरको वचनले विवाद निम्त्याउन सक्छ। मिथुन – Gemini:का, कि, कु, घ, ङ, छ, के, को, ह आकस्मिक रूपमा खर्च बढ्नाले मन पिरोलिनेछ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। तर ईर्ष्या गर्नेहरूले काममा समस्या खडा गर्न सक्छन्। कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला। |
| कर्कट – Cancer:हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनाले उत्साह जाग्नेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि आय-आर्जन र धनसंग्रहमा बाधा पुग्नेछ। सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आफन्तबाट भने टाढिनुपर्ने हुन सक्छ। सिंह – Leo:मा, मि, मु, मे, मो, टा, टि, टु, टे पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कन्या – Virgo:टो, प, पि, पु, ष, ण, ठ, पे, पो भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। |
| तुला – Libra:र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि बिस्तारै लाभ उठाउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बृश्चिक – Scorpio:तो, ना, नि, नु, ने, नो, या, यि, यु अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा बुद्धि खर्चनुपरे पनि रमाइलो यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। धनु – Sagittarius:ये, यो, भ, भि, भु, ध, फा, ढ, भे रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथले मन उत्साहित हुनेछ। |
| मकर – Capricorn:भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको चाप बढे पनि बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने हुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। कुम्भ – Aquarius:गु, गे, गो, सा, सि, सु, से, सो, द हतारमा निर्णय लिने बानीले समस्या उब्जाउन सक्छ। काम बिग्रने डरले सताउनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले साथीभाइ टाढिन सक्छन्। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। मिहिनेतले मात्र काम बन्नेछ र नयाँ योजनातर्फ अग्रसर भइनेछ। मीन – Pisces:दि, दु, थ, झ, ञ, दे, दो, च, चि छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। |
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












