बाहिरी चक्रपथ चिनियाँ कम्पनिलाई सुम्पिन मन्त्री महासेठले चले यस्तो चाल, देउवा सरकारको निर्णय यसरी उल्ट्याइदैछ
काठमाडाैँ १८,असोज । उपत्यकाको बहुचर्चित परियोजना बाहिरी चक्रपथ निर्माण गर्न बिना कुनै प्रतिष्पर्धा आर्थिक प्रलोभनमा परेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठले चिनियाँ कम्पनीलाई सुम्पने तयारी थालेको स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारले नेपालका विभिन्न राष्ट्रिय गाैरवका आयोजना सुटुक्क चीनलाई दिने गरेको छ । बूढीगण्डकी बेचिएकै शैलीमा बाहिरी चक्रपथ पनि ईपीसीएफ (इन्जिनियरिङ, निर्माण, सुपरीवेक्षण र लगानीसमेत) मोडेलमा दिने तयारी गरिएको हो ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उपत्यकाको बाहिरी चक्रपथ स्थानीय सरकारलाई नै बनाउन दिने तयारी थालेका थियो । उपत्यकामा बन्न लागेको ७२ किमिको चक्रपथमा सम्बन्धित स्थानीय सरकारलाई जिम्मा दिँदा स्थानीय नेता तथा सर्वसाधारणमा जिम्मेवारी बढ्नुका साथै जग्गा अधिग्रहणमा समेत सहज हुने उनको विश्वास थियो ।
तर, यातायातमन्त्री रघुवि महासेठ र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री आेली लगायत नेकपाका उच्च तहका नेताहरुलाई चीनलाई बनाउन दिनुपर्छ भन्दै दवाव दिँदै आएको स्रोतले जनाएको छ ।
‘चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’बाट यातायातमन्त्री महासेठले २१० करोड घुस रकम लिएर चीनको पक्षमा सरकारको निर्णय आउने भन्दै आश्वासन दिएको समेत स्रोतको दावी छ । मन्त्रालय उच्च स्रोतका अनुसार महासेठले घुस रकम प्रधानमन्त्री देखि अन्य उच्च तहका नेताहरु माझ पुर्याउने गरि सम्झाैता पछि थप सोच्न कम्पनीलाई निर्देशन दिएको जनाइन्छ ।
झण्डै १४ बर्षअघि निर्णय भएको उक्त परियोजनामा विभिन्न चलखेलको सुरुवात भएपछि यसबारे चासो र चिन्ता व्यक्त हुन थालेको छ । पीडितको माग सम्बोधन नहुने गरि निर्मम ढंगले जग्गा अधिग्रहण लगायतका कामहरु गरेरै भएपनि आयोजनाको काम समयमै गरेर देखाउछु भन्दै चिनियाँ कम्पनीले दिएको वचनलाई प्राथमिकताको साथ राखेका छन् । मन्त्री महासेठले उपत्यकामा कम्युनिष्टलाई पराजय गराएको रिस पोख्ने उपयुक्त ठाउँ आइपरेको भन्दै नेताहरुसंग ब्रिफिङ समेत गरेको स्रोतको दावी छ ।
बाहिरी चक्रपथ निर्माण गर्दा झण्डै ३ देखि ५ सयसम्म घरधुरी घरबार बिहिन बन्ने तथ्याङ्क सार्वजनिक भइइसकेको छ । तर, सरकारको तयारीले जग्गाको मुआब्जा, पीडितलाई उचित व्यवस्थापन लगायतका अन्य प्राविधिक कुरालाई वेवास्ता गरेर अगाडी बढाउन खोजिएको परियोजनाले कस्को हित गर्ला त्यो भने अचम्मको विषय बन्न पुगेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












