बाहिरी चक्रपथ चिनियाँ कम्पनिलाई सुम्पिन मन्त्री महासेठले चले यस्तो चाल, देउवा सरकारको निर्णय यसरी उल्ट्याइदैछ
काठमाडाैँ १८,असोज । उपत्यकाको बहुचर्चित परियोजना बाहिरी चक्रपथ निर्माण गर्न बिना कुनै प्रतिष्पर्धा आर्थिक प्रलोभनमा परेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठले चिनियाँ कम्पनीलाई सुम्पने तयारी थालेको स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारले नेपालका विभिन्न राष्ट्रिय गाैरवका आयोजना सुटुक्क चीनलाई दिने गरेको छ । बूढीगण्डकी बेचिएकै शैलीमा बाहिरी चक्रपथ पनि ईपीसीएफ (इन्जिनियरिङ, निर्माण, सुपरीवेक्षण र लगानीसमेत) मोडेलमा दिने तयारी गरिएको हो ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उपत्यकाको बाहिरी चक्रपथ स्थानीय सरकारलाई नै बनाउन दिने तयारी थालेका थियो । उपत्यकामा बन्न लागेको ७२ किमिको चक्रपथमा सम्बन्धित स्थानीय सरकारलाई जिम्मा दिँदा स्थानीय नेता तथा सर्वसाधारणमा जिम्मेवारी बढ्नुका साथै जग्गा अधिग्रहणमा समेत सहज हुने उनको विश्वास थियो ।
तर, यातायातमन्त्री रघुवि महासेठ र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री आेली लगायत नेकपाका उच्च तहका नेताहरुलाई चीनलाई बनाउन दिनुपर्छ भन्दै दवाव दिँदै आएको स्रोतले जनाएको छ ।
‘चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’बाट यातायातमन्त्री महासेठले २१० करोड घुस रकम लिएर चीनको पक्षमा सरकारको निर्णय आउने भन्दै आश्वासन दिएको समेत स्रोतको दावी छ । मन्त्रालय उच्च स्रोतका अनुसार महासेठले घुस रकम प्रधानमन्त्री देखि अन्य उच्च तहका नेताहरु माझ पुर्याउने गरि सम्झाैता पछि थप सोच्न कम्पनीलाई निर्देशन दिएको जनाइन्छ ।
झण्डै १४ बर्षअघि निर्णय भएको उक्त परियोजनामा विभिन्न चलखेलको सुरुवात भएपछि यसबारे चासो र चिन्ता व्यक्त हुन थालेको छ । पीडितको माग सम्बोधन नहुने गरि निर्मम ढंगले जग्गा अधिग्रहण लगायतका कामहरु गरेरै भएपनि आयोजनाको काम समयमै गरेर देखाउछु भन्दै चिनियाँ कम्पनीले दिएको वचनलाई प्राथमिकताको साथ राखेका छन् । मन्त्री महासेठले उपत्यकामा कम्युनिष्टलाई पराजय गराएको रिस पोख्ने उपयुक्त ठाउँ आइपरेको भन्दै नेताहरुसंग ब्रिफिङ समेत गरेको स्रोतको दावी छ ।
बाहिरी चक्रपथ निर्माण गर्दा झण्डै ३ देखि ५ सयसम्म घरधुरी घरबार बिहिन बन्ने तथ्याङ्क सार्वजनिक भइइसकेको छ । तर, सरकारको तयारीले जग्गाको मुआब्जा, पीडितलाई उचित व्यवस्थापन लगायतका अन्य प्राविधिक कुरालाई वेवास्ता गरेर अगाडी बढाउन खोजिएको परियोजनाले कस्को हित गर्ला त्यो भने अचम्मको विषय बन्न पुगेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












