जोगीको आवरणमा भेटिए फरार बैंकर ज्ञवाली
काठमाडाैं २०,असोज । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीद्वारा भारतको वृन्दावनको आश्रमबाट पक्राउ
एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो ।
फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।
प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो । तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस ग-यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो ।
तीनवटा मुद्दामा दोषी ठहर
ज्ञवालीलाई अदालतले तीनवटा मुद्दामा दोषी ठहर गरिसकेको छ । तीनैवटा मुद्दामा तत्कालीन किस्ट बैंकसँग सम्बन्धित छन् । बैंकिङ कसुर मुद्दामा ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरिवाना र ४ वर्ष कैदको सजाय भएको छ । १३ जेठ ०७३ मा तत्कालीन पुनरावेदन अदालत पाटनले सो फैसला गरेको थियो ।
त्यस्तै, किर्ते जालसाझी मुद्दामा २९ लाख ७७ हजार तीन सय ५६ रुपैयाँ जरिवाना भएको छ । ताराकुमार भट्टचलने दायर गरेको लेनदेन मुद्दामा उनलाई १ करोड ५५ लाख जरिवाना र २ वर्ष कैद सजाय भएको छ । सो मुद्दामा म्याद तामेल भइनसकेकाले उनलाई पुनरावेदन गर्ने ठाउँ भने छ ।
कमल सिटौलाको नाममा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा ६३ हजार ३ सय ४८ कित्ता सेयर रहेको सकर्ते कागजपत्रका आधारमा ५ करोडभन्दा धेरै कर्जा दिएका थिए । कर्जा नतिरेपछि सेयर लिलाम गर्दा त्यति सेयर नै नभएको खुल्यो । घटना राष्ट्र बैंकमा पुग्यो भने उसले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार ग-यो ।
थप अनुसन्धानको क्रममा ज्ञवालीले अनियमित रूपमा जम्को प्रकाशनलाई पनि करोडौँ कर्जा दिएको खुल्यो । जुन कम्पनी किशोर ढकाल र श्रीमती गौरीको नाममा थियो । सिआइबीले श्रीमतीलाई पक्राउ गरेपछि ज्ञवाली फरार भएका थिए । फरार रहेकै वेलामा उनले किस्ट बैंकमा रहेको आफ्नो सेयर बिक्री गरे । किस्ट बैंकलाई प्रभु बैंकले खरिद गरिसकेको छ ।
अरूको नाममा करोडौँ सम्पत्ति
फरार भएपछि अन्य व्यक्तिको नाममा करोडौँ सम्पत्ति राखेको खुलेको छ । स्रोतका अनुसार काठमाडौंको एक मेडिकल कलेजमा उनको करिब ५० प्रतिशत सेयर पाइएको छ । ललितपुरमा २ वटा अपार्टमेन्ट र एउटा घर छ । गुल्मीमा पुख्र्याैली सम्पत्तिका साथै अन्य जिल्लामा पनि उनले जग्गा किनेर अरूको नाममा राखेको स्रोत बताउँछ ।
कसरी डुबे कमल ज्ञवाली ?
ज्ञवाली ०५२ सालमा उच्च शिक्षाका लागि गुल्मीबाट काठमाडौं आएका थिए । पढाइसँगै उनले सुरुमा शिक्षकको काम गरे । उनी महत्वाकांक्षी थिए । कमर्स पढेका उनी फाइनान्स कम्पनी स्थापना खोल्ने योजनामा लागे । काठमाडौं आएको सात वर्षमै किस्ट मर्चेन्ट फाइनान्स एन्ड कम्पनी स्थापना गरे । उनकै नेतृत्वमा सो फाइनान्स स्थापना भएको थियो ।
त्यसवेला काठमाडौंमा घरजग्गा कारोबार फस्टाएको थियो । घरजग्गामा लगानी गर्न कुनै लगाम थिएन । फाइनान्सको पैसा आफैँले समेत दुरुपयोग गरी घरजग्गामा लगानी गरे । त्यसरी उनी फाइनान्स सुरु गरेको केही वर्षमै करोडपति बनेका थिए । त्यही कारण फाइनान्स सुरु गरेको सात वर्षमै त्यसलाई उनले ‘क’ वर्गको वाणिज्य बैंक बनाएका थिए । वाणिज्य बैंक मात्र होइन, सबैभन्दा धेरै शाखा भएको वाणिज्य बैंकसमेत बनाएका थिए । देशका ठूला र सफल बैंकरका रूपमा उनको प्रशंसा भइरहेको थियो ।
बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालीन किष्ट बैंकका एमडी कमल ज्ञवाली पक्राउ
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












