जोगीको आवरणमा भेटिए फरार बैंकर ज्ञवाली
काठमाडाैं २०,असोज । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीद्वारा भारतको वृन्दावनको आश्रमबाट पक्राउ
एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो ।
फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।
प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो । तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस ग-यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो ।
तीनवटा मुद्दामा दोषी ठहर
ज्ञवालीलाई अदालतले तीनवटा मुद्दामा दोषी ठहर गरिसकेको छ । तीनैवटा मुद्दामा तत्कालीन किस्ट बैंकसँग सम्बन्धित छन् । बैंकिङ कसुर मुद्दामा ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरिवाना र ४ वर्ष कैदको सजाय भएको छ । १३ जेठ ०७३ मा तत्कालीन पुनरावेदन अदालत पाटनले सो फैसला गरेको थियो ।
त्यस्तै, किर्ते जालसाझी मुद्दामा २९ लाख ७७ हजार तीन सय ५६ रुपैयाँ जरिवाना भएको छ । ताराकुमार भट्टचलने दायर गरेको लेनदेन मुद्दामा उनलाई १ करोड ५५ लाख जरिवाना र २ वर्ष कैद सजाय भएको छ । सो मुद्दामा म्याद तामेल भइनसकेकाले उनलाई पुनरावेदन गर्ने ठाउँ भने छ ।
कमल सिटौलाको नाममा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा ६३ हजार ३ सय ४८ कित्ता सेयर रहेको सकर्ते कागजपत्रका आधारमा ५ करोडभन्दा धेरै कर्जा दिएका थिए । कर्जा नतिरेपछि सेयर लिलाम गर्दा त्यति सेयर नै नभएको खुल्यो । घटना राष्ट्र बैंकमा पुग्यो भने उसले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार ग-यो ।
थप अनुसन्धानको क्रममा ज्ञवालीले अनियमित रूपमा जम्को प्रकाशनलाई पनि करोडौँ कर्जा दिएको खुल्यो । जुन कम्पनी किशोर ढकाल र श्रीमती गौरीको नाममा थियो । सिआइबीले श्रीमतीलाई पक्राउ गरेपछि ज्ञवाली फरार भएका थिए । फरार रहेकै वेलामा उनले किस्ट बैंकमा रहेको आफ्नो सेयर बिक्री गरे । किस्ट बैंकलाई प्रभु बैंकले खरिद गरिसकेको छ ।
अरूको नाममा करोडौँ सम्पत्ति
फरार भएपछि अन्य व्यक्तिको नाममा करोडौँ सम्पत्ति राखेको खुलेको छ । स्रोतका अनुसार काठमाडौंको एक मेडिकल कलेजमा उनको करिब ५० प्रतिशत सेयर पाइएको छ । ललितपुरमा २ वटा अपार्टमेन्ट र एउटा घर छ । गुल्मीमा पुख्र्याैली सम्पत्तिका साथै अन्य जिल्लामा पनि उनले जग्गा किनेर अरूको नाममा राखेको स्रोत बताउँछ ।
कसरी डुबे कमल ज्ञवाली ?
ज्ञवाली ०५२ सालमा उच्च शिक्षाका लागि गुल्मीबाट काठमाडौं आएका थिए । पढाइसँगै उनले सुरुमा शिक्षकको काम गरे । उनी महत्वाकांक्षी थिए । कमर्स पढेका उनी फाइनान्स कम्पनी स्थापना खोल्ने योजनामा लागे । काठमाडौं आएको सात वर्षमै किस्ट मर्चेन्ट फाइनान्स एन्ड कम्पनी स्थापना गरे । उनकै नेतृत्वमा सो फाइनान्स स्थापना भएको थियो ।
त्यसवेला काठमाडौंमा घरजग्गा कारोबार फस्टाएको थियो । घरजग्गामा लगानी गर्न कुनै लगाम थिएन । फाइनान्सको पैसा आफैँले समेत दुरुपयोग गरी घरजग्गामा लगानी गरे । त्यसरी उनी फाइनान्स सुरु गरेको केही वर्षमै करोडपति बनेका थिए । त्यही कारण फाइनान्स सुरु गरेको सात वर्षमै त्यसलाई उनले ‘क’ वर्गको वाणिज्य बैंक बनाएका थिए । वाणिज्य बैंक मात्र होइन, सबैभन्दा धेरै शाखा भएको वाणिज्य बैंकसमेत बनाएका थिए । देशका ठूला र सफल बैंकरका रूपमा उनको प्रशंसा भइरहेको थियो ।
बैंकिङ कसुरमा दोषी ठहर भएका तत्कालीन किष्ट बैंकका एमडी कमल ज्ञवाली पक्राउ
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











