भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने
सुर्खेत २४ ,असोज। भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टीबीएम)ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ ।
भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघि बढाएको हो । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी सुरुङ निर्माण गरिसक्ने जनाएको छ ।
आयोजना प्रमुख सञ्जीव बरालले कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए फागुनसम्म सुरुङ निर्माण पूरा हुने बताए । ‘टिबिएमले रिस्क जोनसमेत पार गरिसक्यो, भौगर्भिक अध्ययनले अब कुनै रिस्क देखाएको छैन’, उनले भने, ‘यही गतिले काम अघि बढे सम्झौता अवधिभन्दा एक वर्ष अगावै सुरुङ निर्माण भइसक्छ ।’ सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ ।
अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको हो ।
चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युत्गृह निर्माणको पूर्वतयारीमा जुटेको छ । हाल सिंचाइ विभागले बाँध र विद्युत्गृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययनमा गरिरहेको छ ।
आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताउनुभयो । “२०१९ को अप्रिलसम्म संरचना निर्माणअन्तर्गत पूर्वतयारीका सबै काम सक्छौंँ,’ उनले भने, ‘यस अवधिमा ठेक्का छनौट, जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरिनेछ ।’
टिबिएमले तोलीखोला आसपासको जोखिमयुक्त क्षेत्र पार नगरुञ्जेल आयोजनालाई संरचना निर्माणको पूर्वतयारीमा जुट्न कठिनाइ थियो । जोखिमपूर्ण चुरे पर्वत पार गरेसंँगै यो नमूना आयोजना सफल हुने ठानिएको छ । सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटामा पानी बढी अर्थात् जमीन लेदो थियो ।
दैनिक औसत ४० मिटर खनिरहेको टिबिएमले त्यस क्षेत्रमा भने १०–११ मिटर मात्रै खनेको थियो । “रिस्क जोन पार गरेपछि दु्रत गतिमा बाँकी काम पनि अघि बढाएका छाैं,’ आयोजनाकै डिभिजनल इञ्जिनीयर कृष्ण उपाध्यायले भने, ‘पाइलटिङ प्रोजेक्ट भएकाले सुरुङ नसकिँदै बाँकी संरचना निर्माणको हतारो गर्नु उचित हुन्न, यदी कुनै कारणवश सुरुङमा अवरोध देखिए ड्याम र पावरहाउसको काम अघि बढाएको कुनै अर्थ भएन ।’
छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । आयोजना सफल हुने देखेपछि मात्र विद्युत्गृह र बाँध निर्माणसम्बन्धी विस्तृत अध्ययन थालिएको थियो । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिंचाइ योजना विस्तार गरिनेछ ।
चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत र साढे १६ अर्ब लाग्ने अनुमान छ ।
बाह्रै महीना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट रु दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












