निर्मला हत्या प्रकरणः किरण बिष्टले लेखे प्रधानमन्त्रीलाई खुलापत्र
काठमाडौं २५,असोज । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले पनि कतिपय अवस्थामा अपुष्ट खबर लेखिदिँदा आफ्नो चरित्रहत्या हुन पुगेको’ उल्लेख गरेका छन् ।
उनले पत्रमा भनेका छन्, “निर्मला पन्त बैनीलाई न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुने गरी चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन ?”
निर्मला हत्या प्रकरणमा डीएनए परीक्षणबाट पनि आफू निर्दोष भइसकेको प्रमाणित हुँदा पनि डीएनए नतिजा नै गलत भनेर आएको विषयमा पनि किरणले दुखेसो पोखेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनप्रति असहमति जनाउँदै लेखेका छन्, “राष्ट्रिय मानवअधिकार आयोग र उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन पेस तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा मलगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार गरेको देखिएको छ । यसमा मेरो मानवअधिकार अटाएन र ?”
गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ की निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अझै हत्यारा पहिचान हुन सकेको छैन ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











