दक्षिण अफ्रिकामा बलात्कार बढ्यो सङ्कट

फर्नान्डा पेस ब्लाजकेज र बेट्रिस डेबु/सोवेतो, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् ।
एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ स्कुलमा यो आत्मरक्षा र बलात्कार हुनबाट जोगिन सिकाइएको पहिलो दिनको अभ्यास हो । अभ्यासका लागि कक्षाकोठाका डेस्क र कुर्ची भित्तामा ठड्याएर राखिएका छन् ।
सरकारी तथ्याँकमा दक्षिण अफ्रिकामा दैनिक ११० भन्दा बढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर यो संख्या सही नरहेको धेरैको बुझाइ छ किनभने बलात्कारका घटनाको रिपोर्टिङ यहाँ ज्यादै कम हुने गर्दछ । केही अध्ययनले १३ वटा बलात्कारका घटनामा एउटा मात्र मुद्दा प्रहरी समक्ष पुग्ने देखाएका छन् ।
पछिल्ला समाचारले दक्षिण अफ्रिकामा बलात्कारका घटनाको कहालीलाग्दो तथ्य सार्वजनिक भएको छ ।
सेप्टेम्बरमा एकजना १७ वर्षीयालाई चिकित्सकको वेशमा रहेका एक व्यक्तिले अस्पतालको प्रसूति वार्डमै बलात्कार गरे । अघिल्लो दिनमात्र ती किशोरीले बच्चा जन्माएकी थिइन् ।
त्यसै महिना एकजना सात वर्षीया बालिका राजधानी प्रिटोरियाको लोकप्रिय रेष्टुराँको शौचालयमा बलात्कृत भइन् । भिडियो फुटेजमा एक जना नग्न पुरुष भाग्दै गरेको देखिएको थियो ।
अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको महिला लिगले महिला सुरक्षाका सन्दर्भमा तत्काल कुनै कारबाही अघि बढाउनु पर्ने देखिएको छ ।
“हामीले सक्दो प्रयत्न गरेका छौं ।।। तर यौन आक्रमणका घटनामा कमी आएको देखिएन । त्यसर्थ, हामीले त्यस्ता पुरुषको रसायनयुक्त बन्ध्याकरण ९केमिकल क्यास्ट्रेसन० गर्नुपर्ने माग गरिरहेका छौं,” लिगका महासचिव मिओक्गो माटुवाले बताउनुभयो ।
सोवेतोको अर्को कक्षाकोठामा पनि मोनोकोलीले आत्मरक्षाको तरिका मात्र होइन कि बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाउँछिन् ।
“कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,” उनी बालिकाहरुलाई सम्झाउँछिन् । “उनीहरुले एक किसिमको सन्देश दिइसके –– त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन ।”
तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने रु उनी भन्छिन् ः “जतिसक्दो ठूलो स्वरले चिच्याउनु ।”
मोनोकोली बालिकाहरुलाई आत्मरक्षाका बारेमा स्कुलहरुमा तालिम दिने दक्षिण अफ्रिकाको सामाजिक संस्था एक्सन ब्रेक्स साइलेन्स ९एबीएस० का लागि काम गर्छिन् । यस संस्थाले अनुचित र हिंसात्मक व्यवहार रोक्न केटाहरुका लागि कार्यक्रमहरु पनि चलाउँछ ।
एबिएसका संस्थापक देवी स्टेभन बालिका हुँदा आफै पनि बलात्कृत भएकि थिइन् । उनले बलात्कारका विरुद्धमा विद्यालयमा कक्षा दिने र विभिन्न कम्पनीमा सुझावहरु दिने काम गर्दै आएकि छिन् । यस कार्यमा उनले दशकौँ विताएकी छिन् ।
उनले एएफपीसँग भनिन्– दक्षिण अफ्रिकामा हिंसा सामान्य बन्दै गएको छ । तर यहाँ बलात्कारका घटना हुने गरेका छन् तर नागरिकले यसलाई बाहिर भन्नुभन्दा पनि मानिसहरुलाई समान्यजस्तो भइसकेको छ ।
उनको बालिकालाई आत्मरक्षाको तालिम र सचेतनासम्बन्धी मानसिक विषयका कार्यक्रमहरुतर्फ आकर्षित गर्नुपर्ने सुझाव छ । यस्तो तालिमले बालिकाहरुमा आत्मविश्वास दिलाउँछ ।
धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । स्टीभनले दक्षिण अफ्रिकामा आफ्नै साथी वा पूर्व साथीबाट हरेक दिन दुईजना महिलाको हत्या हुने गरेको बताउनुभयो ।
कक्षाकोठामा नीलो स्कुल पोशाक र लामा मोजा लगाएका बालिकाहरु बेलाबखत जिस्किन्छन् तर वातावरण निकै गम्भीर र केन्द्रिकृत हुने गर्दछ । “हामी तिमीहरुलाई थोरै जोड लगाएर पनि कसरी सहजै लड्ने कला सिकाउँछौं,” एकजना पुरुष प्रशिक्षक बताउँछन् । बालिकाहरुले सहजै कान तान्न र नाक फुटाउन सक्ने कला उनले सिकाइरहेका थिए ।
“हामी लडाकू हौं,” निकै उत्साहित देखिएकी ११ वर्षीया नोन्कुलुलेको बताउँछिन् । “मसँग एउटा अनौठो औषधि पनि छ, मान्छेलाई बेहोस पार्ने औषधि हो यो । यसले पनि लड्न मद्दत गर्दछ ।”
एबीएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ ।
एकजना आमा माली मासोन्डोले हरेक परिवार र बालबालिकाको दैनिक जीवनमा बलात्कारको त्रास ज्यादै बढेको बताउनुभयो । “कसलाई विश्वास गर्ने, कसलाई प्रेम गर्ने थाहा नै हुँदैन,” उहाँ दुःखेसो पोख्नुहुन्छ । “कहिलेकाहिँ बच्चाहरुलाई कसैसँग बोल्न, हाँस्न दिँदा पनि डर लाग्दछ किनभने हरेक समय नकारात्मक कुरा नै मनमा खेलिरहन्छ ।” रासस/एएफपी
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











