आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो
जाजरकोट। जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग हुनुहुन्छ । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्न पाउँदा उहाँ निकै खुशी हुनुभएको हो ।
विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर उमारिएका वस्तुले बजारको पहुँच नपाउँदा भएको पीडा सुनाउनुभएकी कृषक खड्का अहिले आँगनमै मोटर पुगेपछि उत्पादित बस्तु बजारमा बिक्री गर्न सजिलो हुनुका साथै अर्थोर्पाजन पनि राम्रो भएको बताउनुहुन्छ । आफूले लगाएको सुन्तला, बदाम, अम्वा, अमिलो र कोदो बिहानै जिपमा राखेर बजारमा बिक्री गरी बेलुका घर फर्कँदा आनन्द हुने गरेको अर्का स्थानीयवासी श्याम खड्काको भनाइ छ ।
धान उत्पादन कम हुने यो गाउँमा अहिले मोटरमा बजारमा गई चामल ढुवानी गरी ल्याउनसमेत सजिलो भएको उहाँको भनाइ छ । उक्त गाउँपालिकाको कोताङ, मजकोटलगायत दर्जन गाउँमा उत्पादित वस्तुले मूल्य पाउँदा किसान खुशी छन् । अहिले गाउँपालिकाको प्रत्येक वडामा यातायातको पहुँच पु¥याउन सडक निर्माण कार्य जारी छ । सडकले हिँड्ने बाटोसमेत छोट्याइदिएको छ । तरकारी र कोदो यहाँको मुख्य उत्पादन भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी बताउनुहुन्छ ।
नुन, तेल, चामल आयात गरिन्छ भने तरकारी, कोदो, फलफूल यहाँबाट निर्यात गरिने उहाँको भनाइ छ । सडक सञ्जालले छोएसँगै यहाँका किसान व्यावसायिक बन्न थालेका छन् । उक्त गाउँपालिकाले सडक र विद्युत्लाई मुख्य योजना बनाएर काम गरिरहेको छ । जिल्लाको अत्यन्तै विकट र दुर्गम मानिएको सो गाउँपालिकामा विस्तारै विकासको मूल फुट्न थालेपछि किसान उत्साहित भएको स्थानीय अगुवा किसान प्रेमबहादुर बस्नेत बताउनुहुन्छ । यहाँका बासिन्दाले टेलिफोन र स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन माग गरेका छन् ।
मोवाइलको टावर प्रभावकारी नहुँदा रुख र अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता अन्त्य गराउन उनीहरूले केन्द्रीय सरकारसमक्ष माग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार स्वास्थ्य सेवा र टेलिफोन टावरका विषयमा धेरै पटक ताकेता गरिए पनि सुनुवाइ भएको छैन । छेडा, थलह, चाँदे जुम्ला सडक निर्माण पूरा भएमा यहाँका स्थानीयवासीले ले राम्रो फाइदा लिनसक्ने अध्यक्ष केसीको भनाइ छ ।गाउँपालिकाको आन्तरिक बजेटबाट गाउँगाउँमा सडक निर्माण जारी छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाको बजेटबाट ६० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको थियो ।
रासस
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












