आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो
जाजरकोट। जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग हुनुहुन्छ । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्न पाउँदा उहाँ निकै खुशी हुनुभएको हो ।
विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर उमारिएका वस्तुले बजारको पहुँच नपाउँदा भएको पीडा सुनाउनुभएकी कृषक खड्का अहिले आँगनमै मोटर पुगेपछि उत्पादित बस्तु बजारमा बिक्री गर्न सजिलो हुनुका साथै अर्थोर्पाजन पनि राम्रो भएको बताउनुहुन्छ । आफूले लगाएको सुन्तला, बदाम, अम्वा, अमिलो र कोदो बिहानै जिपमा राखेर बजारमा बिक्री गरी बेलुका घर फर्कँदा आनन्द हुने गरेको अर्का स्थानीयवासी श्याम खड्काको भनाइ छ ।
धान उत्पादन कम हुने यो गाउँमा अहिले मोटरमा बजारमा गई चामल ढुवानी गरी ल्याउनसमेत सजिलो भएको उहाँको भनाइ छ । उक्त गाउँपालिकाको कोताङ, मजकोटलगायत दर्जन गाउँमा उत्पादित वस्तुले मूल्य पाउँदा किसान खुशी छन् । अहिले गाउँपालिकाको प्रत्येक वडामा यातायातको पहुँच पु¥याउन सडक निर्माण कार्य जारी छ । सडकले हिँड्ने बाटोसमेत छोट्याइदिएको छ । तरकारी र कोदो यहाँको मुख्य उत्पादन भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी बताउनुहुन्छ ।
नुन, तेल, चामल आयात गरिन्छ भने तरकारी, कोदो, फलफूल यहाँबाट निर्यात गरिने उहाँको भनाइ छ । सडक सञ्जालले छोएसँगै यहाँका किसान व्यावसायिक बन्न थालेका छन् । उक्त गाउँपालिकाले सडक र विद्युत्लाई मुख्य योजना बनाएर काम गरिरहेको छ । जिल्लाको अत्यन्तै विकट र दुर्गम मानिएको सो गाउँपालिकामा विस्तारै विकासको मूल फुट्न थालेपछि किसान उत्साहित भएको स्थानीय अगुवा किसान प्रेमबहादुर बस्नेत बताउनुहुन्छ । यहाँका बासिन्दाले टेलिफोन र स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन माग गरेका छन् ।
मोवाइलको टावर प्रभावकारी नहुँदा रुख र अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता अन्त्य गराउन उनीहरूले केन्द्रीय सरकारसमक्ष माग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार स्वास्थ्य सेवा र टेलिफोन टावरका विषयमा धेरै पटक ताकेता गरिए पनि सुनुवाइ भएको छैन । छेडा, थलह, चाँदे जुम्ला सडक निर्माण पूरा भएमा यहाँका स्थानीयवासीले ले राम्रो फाइदा लिनसक्ने अध्यक्ष केसीको भनाइ छ ।गाउँपालिकाको आन्तरिक बजेटबाट गाउँगाउँमा सडक निर्माण जारी छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाको बजेटबाट ६० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको थियो ।
रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












