युवा स्वरोजगार कोषको करोड जोखिममा
काठमान्डाैं। भाखा नाघेको २७ करोड उठाउन नसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थानीय र केन्द्र सरकार गुहारेको छ।बेरोजगार युवालाई स्वरोजगार बनाउने भन्दै दुई लाखका दरले लगानी गरेको सात अर्ब ७३ करोड चार लाख २५ हजारमध्ये २७ करोड पाँच लाख ६४ हजार पाँच सय ७९ रूपैयाँ कोषले उठाउन सकेको छैन।
बाबुराम भट्टराई अर्थमन्त्री हुँदा युवालाई स्वरोजगार बनाउन सुरू भएको यो कार्यक्रमबाट दस वर्षमा ५८ हजार तीन सय ४३ जना स्वरोजगार बनेको कोषको तथ्यांक छ।कोषले सहकारी संस्थामार्फत् युवालाई लगानी गरेको थियो।
‘समयमै कर्जा चुक्ता नगर्ने सहकारी संस्थाका पदाधिकारी र व्यवसायीलाई कानुनी कारबाही भइरहेको छ’, कोषकी सूचना अधिकारी सम्झना वाग्लेले भनिन्, ‘उनीहरूको अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र राहदानी रोक्का गर्नेलगायत कानुनी प्रक्रिया अगाडि बढाइएको छ।’लामो समय कर्जा चुक्ता नगरेका केही युवा स्थानीय तहमा जनप्रतिनिधि भए।
‘तीन किस्ता भाखा नाघेपछि मात्रै पत्राचार गर्छौं। एक हजार पाँच सय व्यक्तिको जग्गा रोक्का गर्न मालपोतहरूलाई भनिसकिएको छ’, कोषमा कानुन तथा असुली शाखा हेर्दै आएका ज्ञानहरि देवकोटाले भने, ‘जग्गा रोक्का गरेर पनि नहुने रहेछ। खेती गर्न पाएकै छ, खान पाएकै छ।’कर्जा चुक्ता नगर्नेलाई सरकारी सेवा सुविधा रोक्का गरिदिन स्थानीय सरकारलाई पत्राचार गरिएको उनले बताए। जनप्रतिनिधिले कोषको रकम चुक्ता गर्न सघाएका छन्।
‘कोषको रकम लिएर चुक्ता नगर्ने जनप्रतिनिधि भएछन्। कर्जा चुक्ता नगर्दा उनीहरू पनि अप्ठ्यारोमा परे। अहिले धमाधम कर्जा चुक्ता हुँदैछ’, कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले भने, ‘चार वटा सहकारीले करोड बढी रकम तिर्नुपर्ने छ, तिरिराखेका छैनन्।’कोषले लगानी निर्देशिका बमोजिम मात्रै लगानी गरेको दाबी गरे पनि राष्ट्रिय सतर्कता केन्द्रले भने कोषमा अनियमितता र भ्रष्टाचार देखाएको छ। कोषले स्वरोजगार बनाएको दाबी गरेको ५८ हजार संख्या पनि सही नभएको केन्द्रको प्रतिवेदनमा भनिएको छ।
कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगाल सतर्कताको प्रतिवेदन सत्यको नजिक पनि नपुगेको दाबी गर्छन्।‘सहकारीको लगानीबारे कडा अनुगमन गरिन्छ। सतर्कताले ५१ करोड भाखा नाघेको देखाए पनि २७ करोडमात्रै भाखा नाघेको रकम हो, सतर्कताको प्रतिवेदन सत्यको नजिक पुगेको छैन’, उनले भने।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












