फाल्गुनन्दः सबै प्राणी भगवान्का सन्तान

फिदिम । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती पूर्वी नेपालमा आज विशेष पर्वका रुपमा मनाइएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित राजधानी काठमाडौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज पाँचथरको फिदिममा विशेष कार्यक्रम आयोजना गरिएको छ । यहाँ फाल्गुनन्दका हालै निर्मित दुई शालिक अनावरण गरिएको तथा धार्मिक प्रवचन आयोजना गरिएको छ । किराँत समुदायका आधुनिक धर्मगुरु आत्मानन्द लिङ्देनले फिदिममा आयोजित कार्यक्रममा श्रद्धालुमा धार्मिक प्रवचन दिएकोे आयोजक किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिनुभयो । किराँत धर्मावलम्बीले फाल्गुनन्दको जन्मजयन्तीमा उहाँले देखाउनुभएको मार्गका विषयमा चर्चा परिचर्चा गर्नाका साथै मौलिक धर्म र संस्कृतिको रक्षाका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।
प्रमुख कार्य
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुनुहुन्छ । उहाँले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरणका क्रममा कुम्भकर्ण हिमशृङ्खलालाई किरात धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गर्नुभएको थियो । उहाँको सर्वाधिक महत्वपूर्ण कार्य सत्यधर्म मुचुल्का तयार पार्नु हो । लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान् क्षेत्रका शासक, विद्वान् र धार्मिक÷सामाजिक अगुवालाई विसं १९८८ वैशाख १० गते पाँचथरको फिदिमस्थित सुम्हात्लुङमा भेला गराईसत्यधर्म मुचुल्का खडा भएको थियो । सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत (पैसा) लिन नहुने, भगवान्को पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक÷साँस्कृतिक पक्ष समेटिएका छन् ।
मुचुल्का र समाज सुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन वैशाख १० गतेलाई समाज सुधार दिवसका रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाको भनाइ छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ । लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवान्को सन्तानका रुपमा व्याखा गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ एवं मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।
फाल्गुनन्दको जीवनी
सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म भएको थियो । जगनबाज र हंसमती लिङ्देनका साहिँला छोरा फाल्गुनन्दको न्वारानको नाम नरध्वज थियो । हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले चिनिनुभएका उहाँले कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्धि कमाउनुभयो ।
किँरात धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा उहाँको २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा देहवसान भएको थियो । इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाउनुभएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिनुभएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उहाँलाई २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको नाममा हुलाक टिकट समेत प्रकाशित छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












