फाल्गुनन्दः सबै प्राणी भगवान्का सन्तान

फिदिम । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती पूर्वी नेपालमा आज विशेष पर्वका रुपमा मनाइएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित राजधानी काठमाडौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज पाँचथरको फिदिममा विशेष कार्यक्रम आयोजना गरिएको छ । यहाँ फाल्गुनन्दका हालै निर्मित दुई शालिक अनावरण गरिएको तथा धार्मिक प्रवचन आयोजना गरिएको छ । किराँत समुदायका आधुनिक धर्मगुरु आत्मानन्द लिङ्देनले फिदिममा आयोजित कार्यक्रममा श्रद्धालुमा धार्मिक प्रवचन दिएकोे आयोजक किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिनुभयो । किराँत धर्मावलम्बीले फाल्गुनन्दको जन्मजयन्तीमा उहाँले देखाउनुभएको मार्गका विषयमा चर्चा परिचर्चा गर्नाका साथै मौलिक धर्म र संस्कृतिको रक्षाका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।
प्रमुख कार्य
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुनुहुन्छ । उहाँले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरणका क्रममा कुम्भकर्ण हिमशृङ्खलालाई किरात धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गर्नुभएको थियो । उहाँको सर्वाधिक महत्वपूर्ण कार्य सत्यधर्म मुचुल्का तयार पार्नु हो । लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान् क्षेत्रका शासक, विद्वान् र धार्मिक÷सामाजिक अगुवालाई विसं १९८८ वैशाख १० गते पाँचथरको फिदिमस्थित सुम्हात्लुङमा भेला गराईसत्यधर्म मुचुल्का खडा भएको थियो । सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत (पैसा) लिन नहुने, भगवान्को पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक÷साँस्कृतिक पक्ष समेटिएका छन् ।
मुचुल्का र समाज सुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन वैशाख १० गतेलाई समाज सुधार दिवसका रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाको भनाइ छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ । लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवान्को सन्तानका रुपमा व्याखा गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोड दिएको छ । मादक पदार्थ एवं मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन नगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।
फाल्गुनन्दको जीवनी
सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म भएको थियो । जगनबाज र हंसमती लिङ्देनका साहिँला छोरा फाल्गुनन्दको न्वारानको नाम नरध्वज थियो । हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले चिनिनुभएका उहाँले कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्धि कमाउनुभयो ।
किँरात धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा उहाँको २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा देहवसान भएको थियो । इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाउनुभएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिनुभएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उहाँलाई २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको नाममा हुलाक टिकट समेत प्रकाशित छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












