दुनियाँमा यस्तो पनि हुन्छ : प्रेमीको हत्या गरेर उसकै मासु पकाएर कामदारलाई बाँड्ने प्रेमिका
मोरक्को । मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर कामदारलाई खान दिएको न्यायीक अधिकारीले बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको घटनामा मोरक्कोकी महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यहिँ कार्यरत पाकिस्तानी कामदारलाई दिएको खुलेको हो ।
ती महिलाले आफ्नो प्रेमीको तीन महिनाअघि हत्या गरेको र घटना हालै मात्रै थाहा भएको छानबिनमा संलग्न भएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
ती महिलाले प्रयोग गर्दै आएको ब्लेन्डर (मिक्चर) मा मानिसको दाँत भेटिएपछि घटनाबारे थाहा भएको हो । युएईको सरकारी पत्रिका द नेशनलका अनुसार ती महिलाले अपराध स्वीकार गरेकी छन्। उनले त्यो समयलाई पागलपनको अवस्था भनेको पनि खबरमा उल्लेख छ ।
अनुमानित ३० वर्षकी ती महिलाको अपराधका सम्बन्धमा अनुसन्धान भइरहेको छ । हत्या भएका व्यक्तिसँग उनी सात वर्षदेखि सम्बन्धमा थिइन् । मोरक्कोकी अर्कै महिलासँग विवाह गर्ने तयारी गरेको बताएपछि आफूले प्रेमीको हत्या गरेको ती महिलाले बताएकी छन् ।
उनले कसरी हत्या गरिन् भन्ने खुलाइएको छैन । तर प्रेमीको शरीरको मासु र भात नजिकै काम गर्दै आएका पाकिस्तानीलाई दिएको उल्लेख गरिएको छ ।
पीडितका भाइ भेट्न गएका बेला ब्लेन्डरमा मानिसको दाँत फेला परेपछि घटना बाहिर आएको हो । उनले आफ्ना दाइ बेपत्ता रहेको उजुरी दर्ता गरे । त्यसपछि दाँतको डिएनए परीक्षण भयो र घटना सार्वजनिक भयो । प्रस्तुत तस्बिर मासुको सांकेतिक मात्रै हो ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












