ढोरपाटनमा भीषण आगलागी
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ (ढोर)नविमा आइतबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेका छन् । रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेका हुन् ।नजिकै रहेका २३ घर भने जोगाउन सफल भएको हनुमान ध्वज गण गुल्मका नेपाली सेनाको टोलीले जनाएको छ ।
ढोरपाटनका बासिन्दा चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थानमा बस्ने गर्दछन् । उनीहरू चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।
ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ती सुनसान रहेको अवस्थामा अचानक लागेको आगो फैलन पाएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन। उक्त स्थानमा फलेकले छाएका र ढुंगाले छाएका घरहरु छन् ।ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ । सेनाले आगलागीबाट थप क्षति हुनबाट जोगाएको छ । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिन सफल भएको हनुमान ध्वज गुल्मबाट ईन्द्र शाहीले बताए ।
उनका अनुसार अचानक एक घरबाट सल्किएको आगोले क्रमशः संगै जोडिएका अन्य घरहरु पनि जलेर नष्ट भएका हुन्। घटनास्थल देखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाए लगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिएको हो ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












