ढोरपाटनमा भीषण आगलागी
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ (ढोर)नविमा आइतबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेका छन् । रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेका हुन् ।नजिकै रहेका २३ घर भने जोगाउन सफल भएको हनुमान ध्वज गण गुल्मका नेपाली सेनाको टोलीले जनाएको छ ।
ढोरपाटनका बासिन्दा चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थानमा बस्ने गर्दछन् । उनीहरू चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।
ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ती सुनसान रहेको अवस्थामा अचानक लागेको आगो फैलन पाएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन। उक्त स्थानमा फलेकले छाएका र ढुंगाले छाएका घरहरु छन् ।ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ । सेनाले आगलागीबाट थप क्षति हुनबाट जोगाएको छ । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिन सफल भएको हनुमान ध्वज गुल्मबाट ईन्द्र शाहीले बताए ।
उनका अनुसार अचानक एक घरबाट सल्किएको आगोले क्रमशः संगै जोडिएका अन्य घरहरु पनि जलेर नष्ट भएका हुन्। घटनास्थल देखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाए लगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिएको हो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












