विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ ।
प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि सहयोग जुट्न थालेको हो ।
विद्यालयको पुनःनिर्माण र घरबारविहीनको घर निर्माणको लागि बेलायतमा रहेका कुइनेमङ्गलेवासीको पहलमा रु १३ लाख ९० हजार ५३० सहयोग जुटेको छ । बेलायतमा बस्ते कुइनेमङ्गलेका मीमप्रसाद छन्त्यालको नेतृत्वमा, त्यहाँ रहेका म्याग्दीवासी र नेपालीबाट सङ्कलन भएको सहयोग रकममध्ये विद्यालयको पुनःनिर्माणको लागि रु सात लाख ९० हजार ५०० र नदी कटानबाट घरबारविहीन भएका दुई घरपरिवारलाई रु छ लाख राहत उपलब्ध गराइएको छ ।
विद्यालयमा आइतबार आयोजित कार्यक्रममा समन्वयकर्ता एवं छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष गमान छन्त्याललाई विद्यालयलाई प्राप्त सहयोग हस्तान्तरण गरे ।
त्यस्तै बाढीपीडितको लागि आएको सहयोग रिखार आमा समूह खरिबोटका उपाध्यक्ष गीता फगामी छन्त्याल, कोषाध्यक्ष सोमकुमारी छन्त्याल र बाढीपीडित यामबहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । यामबहादुर र चन्द्रबहादुर चन्दको घर रघुगङ्गा नदी कटानबाट पूर्णरुपमा क्षति भएकाले घरको पुनःनिर्माणमा सहयोग गरिएको हो ।
त्यस्तै सोही अवसरमा बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले समेत विद्यालयको पुनःनिर्माणको लागि रु ८० हजार सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति पुन, सहसचिव सुनिता मल्ल र सदस्य दमकुमारी छन्त्यालले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे ।
सोही कार्यक्रममा अमेरिकामा रहनुभएका खरिबोटका कमल छन्त्यालले सङ्कलन गर्नुभएको रु दुई लाख ७७ हजार ८३३ अभियन्ता छन्त्यालका बुबा एवं नेपाली काङ्ग्रेस कुइनेमङ्गले गाउँ एकाइ समितिका सभापति भीमबहादुर छन्त्यालमार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको थियो ।
रघुगङ्गा नदीमा आएको भीषण बाढीले रु पाँच करोड बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनेको रितङ माविको पुनःनिर्माणको लागि सो अवसरमा छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र गमान छन्त्यालको परिवारबाट रु दुई लाख सहयोगको घोषणा भएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












