विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ ।
प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि सहयोग जुट्न थालेको हो ।
विद्यालयको पुनःनिर्माण र घरबारविहीनको घर निर्माणको लागि बेलायतमा रहेका कुइनेमङ्गलेवासीको पहलमा रु १३ लाख ९० हजार ५३० सहयोग जुटेको छ । बेलायतमा बस्ते कुइनेमङ्गलेका मीमप्रसाद छन्त्यालको नेतृत्वमा, त्यहाँ रहेका म्याग्दीवासी र नेपालीबाट सङ्कलन भएको सहयोग रकममध्ये विद्यालयको पुनःनिर्माणको लागि रु सात लाख ९० हजार ५०० र नदी कटानबाट घरबारविहीन भएका दुई घरपरिवारलाई रु छ लाख राहत उपलब्ध गराइएको छ ।
विद्यालयमा आइतबार आयोजित कार्यक्रममा समन्वयकर्ता एवं छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष गमान छन्त्याललाई विद्यालयलाई प्राप्त सहयोग हस्तान्तरण गरे ।
त्यस्तै बाढीपीडितको लागि आएको सहयोग रिखार आमा समूह खरिबोटका उपाध्यक्ष गीता फगामी छन्त्याल, कोषाध्यक्ष सोमकुमारी छन्त्याल र बाढीपीडित यामबहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । यामबहादुर र चन्द्रबहादुर चन्दको घर रघुगङ्गा नदी कटानबाट पूर्णरुपमा क्षति भएकाले घरको पुनःनिर्माणमा सहयोग गरिएको हो ।
त्यस्तै सोही अवसरमा बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले समेत विद्यालयको पुनःनिर्माणको लागि रु ८० हजार सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति पुन, सहसचिव सुनिता मल्ल र सदस्य दमकुमारी छन्त्यालले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे ।
सोही कार्यक्रममा अमेरिकामा रहनुभएका खरिबोटका कमल छन्त्यालले सङ्कलन गर्नुभएको रु दुई लाख ७७ हजार ८३३ अभियन्ता छन्त्यालका बुबा एवं नेपाली काङ्ग्रेस कुइनेमङ्गले गाउँ एकाइ समितिका सभापति भीमबहादुर छन्त्यालमार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको थियो ।
रघुगङ्गा नदीमा आएको भीषण बाढीले रु पाँच करोड बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनेको रितङ माविको पुनःनिर्माणको लागि सो अवसरमा छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र गमान छन्त्यालको परिवारबाट रु दुई लाख सहयोगको घोषणा भएको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












