आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उहाँले चीनले भाषा र सांस्कृतिक क्षेत्रमा समेत सहकार्य गर्न इच्छुक रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदूत यु होङले नेपाल र चीन प्राचीन कालदेखि एक असल मित्र रहँदै आएको उल्लेख गर्नुहुँदै नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने बताउनुभयो । उहाँले सन् २०१८ नेपाल र चीनका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपाल विकास र समृद्धिको बाटोतर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्नुभयो ।
राजदूत होङले नेपाल र चीन सीमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दुबै देशले एकअर्काको भाषा र संस्कृतिको आदानप्रदान कार्यलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र शाहले विगतका वर्षमा पनि चिनीयाँ राजदूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा चिनीयाँ भाषा शिक्षण कार्य हुँदै आएको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...












