आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उहाँले चीनले भाषा र सांस्कृतिक क्षेत्रमा समेत सहकार्य गर्न इच्छुक रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदूत यु होङले नेपाल र चीन प्राचीन कालदेखि एक असल मित्र रहँदै आएको उल्लेख गर्नुहुँदै नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने बताउनुभयो । उहाँले सन् २०१८ नेपाल र चीनका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपाल विकास र समृद्धिको बाटोतर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्नुभयो ।
राजदूत होङले नेपाल र चीन सीमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दुबै देशले एकअर्काको भाषा र संस्कृतिको आदानप्रदान कार्यलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र शाहले विगतका वर्षमा पनि चिनीयाँ राजदूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा चिनीयाँ भाषा शिक्षण कार्य हुँदै आएको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












