हात्तीले मारेका दुई महिलाको शव उठाउन दिएनन् स्थानीयले
चितवन । माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् ।
उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताउनुभयो । उहाँले दशैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताउनुभयो । केही दिन अघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ ।
दशैँ अघिबाट दैनिक जङ्गली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । ढकालका अनुसार माडीका विभिन्न क्षेत्रका बस्तीमा आएर हात्तीले भकारीको धान खाने, बारीको विभिन्न बाली खाने, जनतालाई त्रसित बनाउने गर्दैआएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडीवासीले आफ्नो रोहवरमा वार्ता हुनुपर्ने माग गरेपछि आफू वार्तामा जाने तयारीमा रहेको बताउनुभयो । उहाँले जनताका मागलाई सकेसम्म सम्बोधन गरेर शव उठाउन लगाउने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले हात्तीलाई बेहोस बनाउन प्राविधिक टोली हात्तीको खोजीमा लागिसकेको बताउनुभयो ।
उहाँका अनुसार प्राविधिक पुरुषोत्तम पाण्डे र किरण रिजाल हात्तीको खोजीमा गइसकेका छन् । हात्तीलाई बेहोस बनाई दाह्रा काटेर छोड्न निर्देशन दिइएको ढकालले बताउनुभयो । सो हात्तीको एउटा दाह्रा यसअघिनै भाँचिएको छ । निकुञ्जभित्र बेहोस बनाउन कठिन हुने भएकाले बस्तीमा आएसँगै डार्ट गरेर बेहोस बनाउने तयारी गरिएको छ ।
यसअघि विसं २०७० मा माडीमै ध्रुवे हात्तीले छ जनाको ज्यान लिए पछि माडीवासी आन्दोलित भएका थिए । ध्रुवेलाई धपाउन गोली प्रहार गरिएको थियो । सो हात्तीले हाल जनतालाई दुःख दिएको छैन ।
माडीवासीले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय संशोधन हुनुपर्ने, घटनाका पीडितलाई राहत नभई पूर्ण क्षतिपूर्ति दिइनुपर्ने, जीउधनको सुरक्षा हुनुपर्ने, नागरिकको संविधानप्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जङ्गली जनावरको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्नेलगायतका मागसमेत राखेका छन् ।
बुधबार माडी नगरपालिका–९ स्थित रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । निजहरूको शवलाई घर नजिकै राखिएको छ । शव उठाउन स्थानीयले नदिएका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आवको अहिलेसम्मको अवधिमा वन्यजन्तुबाट आठ जनाको मृत्यु भइसकेको छ । फाइल तस्बिर
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












